4 years ago
January 9, 2022
एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडमा कीर्तिमानी ३ सय गोल पुरा गरेका छन् । सान्टियागो बर्नबेउमा भ्यालेन्सियाविरुद्ध दुई गोल गर्दै बेन्जेमाले रियलबाट कीर्तिमानी ३ सय गोलको आँकडा पूरा गरेको हो ।

शनिबार राति भएको खेल रियलले ४–१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । उनले रियलबाट ३०१ गोल गरेका छन् । उनले बेन्जेमाले भ्यालेन्सियाविरुद्धको २६औं खेलमा २०औं गोल गर्न सफल भएका हुन् ।
३४ वर्षीय बेन्जेमाले रियलका १३ सिजनपछि ३ सय गोल पूरा गर्दै लेजेन्डको सुचीमा थपिएका हुन् । १३ सिजनमा उनले दुई सिजन ३० गोलको आँकडा पुरा गर्दा यो सिजन उक्त गोललाई पछ्याउने क्रममा रहेका छन् । बेन्जेमाले २०११–१२ को सिजनमा ३२ गोल गरेका थिए ।
३०१ गेल गरिसकेपछि बेन्जेमाले क्लबको स्कोरिङ चार्टमा आफुभन्दा अगाडि रहेका लेजेन्डसँगको दुरी कम गरिरहेका छन् । उनी रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा रहेका छन् । उनी अल्फ्रेडो डि स्टेफानो (३०८), राउल गोन्जालेज (३२३) र क्रिस्टियानो रोनाल्डो (४५१) भन्दा मात्रै पछि छ ।

कीर्तिमानी शतक
बेन्जेमालाई रियल म्याड्रिडका लागि आफ्नो पहिलो शतक पुरा गर्न पाँच वर्ष र ५ महिनाको समय लाग्यो । २९ अगस्ट ३००९ मा रियलका लागि डेब्यु गरेका बेन्जेमाले १८ जनवरी २०१४ मा १ सय गोल पूरा गरेका थिए । त्यसको चार वर्ष १० महिना अर्थात ७ नोभेम्वर २०१८ मा बेन्जेमाले रियलका लागि २ सय गोल पूरा गरे । रियलमा बेन्जेमाले ३ सयौं गोल तीन वर्ष दुई महिना अर्थात ९ जनवरी २०२२ मा पूरा गरे । यसर्थ उनले कम समयमै शतक गोल पूरा गर्न सफल भइरहेका छन् ।
बेन्जेमाले करिअरमा ४०३ गोल गरेका छन् । उनले फ्रान्सेली क्लब लियोनबाट ६६ र फ्रान्सबाट ३६ तथा रियलबाट ३०१ गोल गरेका छन् । फ्रान्सेली खेलाडीमा थिएरी हेनरी (४११) मात्रै उनीभन्दा अगाडि रहेको छ । बेन्जेमाले आफ्नो उमेर बढ्दै जाँदा गोल पनि लगातार बढाइरहेका छन् । उनले यस सिजन २२ गोल गरिसकेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]