4 years ago
January 10, 2022
कोरोनाले थलिएको २ वर्षपछि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । मोफसलकै लोकप्रिय प्रतियोगिता आहारारा गोल्डकप फुटबल प्रतियोगिताले फेरि पनि कोरोनाको चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जादाँ गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती नै जारी गर्दै मेला, महोत्सव तथा भिडभाड नगर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहँदा प्रतियोगितालाई भने असर गर्ने खतरा देखिएको छ ।
यद्यपी पोखरा रंगशालामा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट रहेका कारण सामाजिक दुरी कायम गराउँदै प्रतियोगितालाई सम्पन्न गराउने तरखरमा आयोजक सहारा क्लब देखिएको छ । तर विगत केही समय देखि सहभागि टिमको संख्या भने घटेको छ । १२ टिमको सहभागिता रहँदै आएको प्रतियोगितामा १० टिमको मात्रै सहभागिता रहने भएको हो । २० औं संस्करणमा १२ टिम नै आउने भनिएपनि १० टिमको मात्रा सहभागिता रहने भएको हो ।
सहाराले माघ ६ गतेबाट १५ गते सम्म २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता प्रतियोगिताको आयोजना गर्दैछ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी भएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता तोकिएकै समयमा हुनेछ ।
क्लबका अध्यक्ष सुरज गुरुङ (हरीराम) ले प्रतियोगिता संचालनगर्नका लागि प्रशासनसंग समन्वय भइरहेको बताए । उनले निश्चित दर्शक राखेर प्रतियोगिता आयोजना गर्नका लागि स्वास्थ्य तथा सुरक्षा निकायहरुसंग छलफल भइरहेको जानकारी दिए । ‘हामी सबै खोप लगाइसकेका छौ । सामाजिक दुरी कायम गरेर प्रतियोगिता गर्ने सोचमा हामी रहेका छौ’ उनले भने,‘ अब सरकारले लकडाउननै ग¥यो भने त हामीले पनि केहि गर्न सक्दैनौ राज्यको निदेर्सन पालना सबैले गर्नै पर्छ । हामीले अनुमति लिएरै प्रतियोगिता गर्ने तयारी गरिरहेका छौ ।’
प्रतियोगितामा आयोजक सहारा क्लब, अमेरिकाको बि.वाई.एस.सी सहित ३ विभागीय क्लब नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी तथा संकटा, मनाङ मस्र्याङ्दी, थ्रिस्टार, मछिन्द्र र हिमालयन शेर्पा क्लबको सहभागिता रहने छ । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैँया आम्दानी हुने अनुमान गरिएको छ भने १ करोड ६ लाख ४८ हजार ५ सय रुपैँया खर्च हुने महासचिव अधिकारीले जानकारी दिए ।
अघिल्लो वर्ष कोरोनामहामारीका कारण आयव्यय सार्वजानिक गर्न नसकेको सहाराले सोहि सन्दर्भमा आयव्यय समेत सार्वजानिक गरेको थियो । १९ औं संस्करणमा ७६ लाख ५० हजार ६ स ४७ रुपैया आम्दानी भएको थियो । भने, १३ लाख ४९ हजार ४ सय ४७ रुपैँया बचत तथा ६३ लाख १ हजार १९९ रुपैँया खर्च भएको बताइएको छ ।
क्लबले पोखराको फुटबल खेललाई जिवन्त राख्न निरन्तर प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । क्लबले शसस्त्र जनयुद्धकाल होस या कोरोना महामारी प्रतियोगितालाई निरन्तरता दिइरहेको छ । प्रतियोगिता आयोजना गर्नुको मुख्य लक्ष्य एकेडेमी संचालन गर्न हो । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ बालकहरु आश्रित छन् । क्लबले अनाथ तथा असाहय बालबकहरुलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]