9 years ago
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ चोटका कारण कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् ।

नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको थियो । चोटका वावजुद उनले मकाउविरुद्ध फाइनल खेलेका थिए । लाओससँग २–२ को बराबरी भएको खेलमा अनन्तले गोल गरेका थिए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
सोलिडारिटी कपको फाइनल खेलेपनि उनले गत शनिबार फ्रेन्ड्स अफ जापानसँगको मैत्रीपूर्ण खेल खेलेनन् । सोलिडारिटी कप, त्यसअघि दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु गोल्डकप र साफ १९ उपाधि जित्दा अनन्त सबै टोलीमा थिए । एन्फा एकेडेमीका उत्पादन अनन्तलाई रोहित चन्दको विकल्पका रुपमा पनि हेरिएको छ । उनी सेन्टर डिफेन्डरका रुपमा खेल्दै आएका छन् । लावसविरुद्ध महत्वपूर्ण गोल गरका उनले त्यो खेलमा विपक्षीका दुई खतरनाक आक्रमणलाई रोकेका थिए । त्यसमध्ये एक उनले गोललाइनबाट क्लियर गरेका थिए ।
चिकित्सकले घुँडाको शल्यक्रिया गर्नुपर्ने सम्भावना रहेको बताएका अनन्तले अब आठ साता भने आराम गर्ने हाम्रो खेलकुदलाई जानकारी दिए ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]