default_image

4 years ago

January 22, 2022

मार्सेलोलाई तीन खेलको प्रतिबन्ध

201 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन भेट्रान डिफेन्डर मार्सेलोलाई तीन खेलको प्रतिबन्धसँगै २२५० युरो जरिवाना लागेको छ । मार्सेलोले कोपा डेल रे अन्तरगतको प्रि–क्वाटरफाइनलमा इल्चेविरुद्ध सिधै रातो कार्ड पाएका थिए ।

रोयल स्पेनिस फुटबल फेडेरेसन (आरइएफएफ) अन्तरगत कोपा डेल रेको कमिटिले ३३ वर्षीय मार्सेलोलाई तीन खेलको प्रतिबन्धसँगै २२५० युरो जरिवाना सुनाएको हो । सिधै रातो कार्डको लागि एक खेलको निलम्वन र रेफ्रीलाई ‘तिमी खराव छौं’ भनेर दिएको प्रतिक्रियाका लागि अर्काे दुई खेलको प्रतिबन्ध सुनाइएको हो ।

यससँगै उनले एथलेटिको बिल्वाओविरुद्धको एक खेलसँगै सम्भावित सेमिफाइनलको दुई दुवै लेग गुमाउनेछन् । यो कोपा डेल रेमा मात्रै लागु हुनेछ । २२५० युरोमध्ये १३०० युरो रेफ्रीमाथिको प्रतिक्रियाको लागि हो । यस्तै इल्चेका पेरे मिलालाई पनि एक खेलको प्रतिबन्ध सुनाइएको छ ।

उक्त खेलमा रियल म्याड्रिडले अतिरिक्त समयमा २–१ को जित निकालेको खेलमा मार्सेलोले १०२औं मिनेटमा सिधै रातो कार्ड खाएको थियो । मोजिकामाथि फउल गरेको भन्दै उनलाई सिधै रातो कार्ड देखाउँदा मार्सेलोले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका थिए ।

गत सिजनदेखि नै मार्सेलोले रियलको पहिलो टोलीमा पर्न संघर्षरत छ । तर, मार्सेलोले इल्चेविरुद्धको खेलमा मार्सेलोलाई पहिलो रोजाईमै मौका दिएको थियो । उनले केही राम्रो अवसरहरु समेत सिर्जना गर्दै आफु अझै पहिलो रोजाईमै खेल्न सक्ने संकेत दिएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.