4 years ago
January 22, 2022
पोखरा (हाम्रो खेलकुद) – अमेरिकी टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई पराजित गर्दै नेपाल एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले ३-१ को जित दर्ता गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । बिवाइएससीले खेलमा सुरुवाती अग्रता बनाएपनि एपिएफले त्यसपछि दुई गोल फर्काउँदै जित हासिल गरेको हो ।
दोस्रो हाफको ४८ औं मिनेटमा बिवाइएससीले सुरुवाती अग्रता लिएको थियो । मिगेल पालाफक्सले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई गर्त दिलाए । राइली युरीको क्रसमा निअर पोस्टमा राजन गुरुङको हेडर क्लिअरेन्स सटिक हुन नसक्दा फार पोस्टमा अनमार्क रहेका मिगेलले सहजै गोल गरेका थिए ।

६९ औं मिनेटमा एपिएफले आवास लामिछानेको पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो । ६ यार्ड बक्सभित्र अर्मान्ड बदोममाथि फल भएपछि रेफ्री नविन्द्र महर्जनले विभागीय टोलीलाई पेनाल्टी दिएका थिए । आवासले उक्त पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
८४ औं मिनेटमा वैकल्पिक खेलाडी रवि थिङले गोल गर्दै एपिएफलाई अघि बढाए । आवासको थ्रु पासलाई रविले पेनाल्टी क्षेत्रको दायाँ भागबाट उत्कृष्ट फिनिस गर्दै अग्रता दिलाए ।
इन्ज्युरी समयमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उनले गरेको शक्तिशाली प्रहारलाई बिवाइएससीका कप्तानले कुनै अवसर पाएनन् ।
एपिएफले अब सेमिफाइनलमा सोमबार हुने संकटा र मछिन्द्रबीचको विजेतासँग खेल्नेछ । आइतबार प्रतियोगिता अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पहिलो वर्ष क्याराभान गोल्ड कपसहित २१ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।
आहा रारा गोल्डकपको खेल तालिका तथा नतिजाको लागि यहाँ थिच्नुहोस
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]