4 years ago
January 24, 2022
एजेन्सी – इटालियन क्लब एसी मिलानका स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेलाई स्पेनिस क्लब रियल म्याड्रिड जान सुझाव दिएका छन् ।

यसअघि नै एमबाप्पे र रियलको विषयमा बोलिसकेका ज्लाटनले एमबाप्पेलाई पुनः एकपटक रियल म्याड्रिड जानको लागि सुझाव दिएका हुन् ।
एक मिडियासँगको कुराकानीमा ज्लाटनले एक समयमा एमबाप्पेले आँफुसँग कहाँ जादा ठीक होला भनेर प्रश्न गरेको र सो बेला स्पष्टसँग रियल जान सुझाव दिएको बताए ।
‘यो सत्य हो एक दिन एमबाप्पेले मलाई सोधेका थिए । त्यसबेला मैले म तिम्रो ठाँउमा भएको भए रियल जान्थे भनेर जवाफ दिएको थिएँ,’ ज्लाटनले भने । ज्लाटनले फरक–फरक देशमा फरक–फरक टोलीबाट फरक–फरक खेलाडीसँग खेल्दा धेरै कुराहरु सिक्न पाइने पनि बताए ।
‘मैले विभिन्न देशको क्लब र खेलाडीसँग खेल्ने मौका पाए । मैले धेरै कुरा सिक्न समेत पाए । घरेलु वातावरणमा खेल्न धेरै सहज हुन्छ । तर बाहिर खेल्ने हो भने नयाँ कुरा पनि सिकिन्छ । घरदेखि टाढा जानु एउटा साहसिक कार्य हो ।’
४० वर्षीय ज्लाटनले दुई दशकको व्यवसायिक खेल करिअरमा स्वीडेन, नेदरल्यान्ड्स, इटाली, स्पेन, फ्रान्स, इंग्ल्यान्ड र अमेरिकाका विभिन्न क्लबबाट व्यवसायिक खेल खेलिसकेका छन् । उनले एमबाप्पेलाई पिएसजी छाड्न दिएको सुझाव पनि सत्य रहेको बताउँदै पिएसजीका अध्यक्षलाई एमबाप्पेलाई नबेच्नु भनेर पनि सुझाव दिएको बताएका थिए ।
पछिल्लो केही सिजनयता एमबाप्पे र रियलबीच सम्झौताको विषय बाहिर आइरहेको छ । रियल पनि एमबाप्पे अनुबन्धमा आतुर रहँदा एमबाप्पेले पनि रियलबाट खेल्ने चाहना राखेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]