9 years ago
November 26, 2016
हाम्रो खेलकुद – बिमल घर्ती मगरले पेनाल्टि चुकाएपछि एपिएफले रुपन्देहि एघारलाई हराउँद सुरुङ्गा गोल्डकपको उपाधि जित्न सफल भएको छ।

तस्बिर – सुरेन दाहाल
आज भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा निर्धारण गर्न टाइब्रेकरको सहायता लिनुपरेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले सुन्दर मौकाहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।
दोश्रो हाफमा राजेन्द्र रावलले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। तर, एपिएफको अग्रता धेरै समय टिकेन। रञ्जित धिमालको पासलाई सदुपयोग गर्दै बिमल घर्ती मगरले खेललाई बराबरीमा ल्याए। दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।
एपिएफका लागि अन्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटुवालले टाइब्रेकरमा गोल गरे भने रुपन्देहिका विजय धिमाल,रञ्जित धिमाल र विक्रम लामाको प्रहार गोलमा परिणत भयो। बिमलको प्रहार भने एपिएफका अमृत चौधरीले बचाएका थिए।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]