default_image

2 years ago

January 26, 2022

आहा! गोल्डकपको सेमिफाइनलमा एपिएफ र मछिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)– आहा! गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल एपिएफ क्लब र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ । एपिएफ दुई खेल जित्दै सेमिफाइनल पुग्दा मछिन्द्र एक खेल जितेर अन्तिम चारमा पुगेको थियो । आयोजक सहारा क्लबमा पहिलो […]

82 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आहा! गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल एपिएफ क्लब र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ ।

एपिएफ दुई खेल जित्दै सेमिफाइनल पुग्दा मछिन्द्र एक खेल जितेर अन्तिम चारमा पुगेको थियो । आयोजक सहारा क्लबमा पहिलो खेलमा हराएको एपिएफले अर्को खेलमा बिवाईएससीलाई पराजित गरेको थियो । सिधै क्वार्टरफाइनल खेलको मछिन्द्रले साविक विजेता संकटालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । मछिन्द्रले लिगको टोलीबाट केही परिवर्तन गर्दै एनआरटीका मेसुके ओलोमोउ र फ्रेन्ड्सका नथानिएल जुड गार्सियालाई टोलीमा समेटेको छ ।

लिगमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको एपिएफले आहामा भने सानदार प्रदर्शन गरिरहेको छ । मछिन्द्रले भने लिगमा अपराजित रहेको छ । नवौं चरण (एक खेल बाँकी) को खेलको समाप्तीमा २३ अंकका साथ मछिन्द्र लिगको शीर्षस्थानमा छ ।

बिहीबार हुने अर्को सेमिफाइनल ६ पटकको विजेता रहित सकेको मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । मनाङले अर्को ६ पटकको विजेता नेपाल पुलिस क्लबको चुनौतीलाई पन्छाएको थियो । आर्मी भने ५ पटकको विजेता थ्री स्टारलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।

क्वार्टरफाइनल सम्म विना दर्शक सञ्चालित आहा गोल्ड कपको सेमिफाइनल र फाइनलमा भने दर्शकलाई प्रवेश दिइने भएको छ । १६ हजार दर्शक क्षमता भएको रंगशालामा झण्डै ५ हजार ५ सय दर्शकलाई प्रवेश दिइने आयोजक सहाराले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको थियो । खेल हेर्नका लागि प्रति टिकट ३ सय रुपैयाँ तोकिएको छ । खेल हेर्न जाने दर्शकले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा साथमा लानुपर्नेछ ।

आहा! गोल्ड कपको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । २० औं संस्करणको आहा गोल्डकपमा सहिद स्मारक ए डिभिजनका ८ सहित १० टोलीको सहभागिता थियो ।

आहा रारा गोल्डकपको सम्पूर्ण खेल तालिका तथा नतिजाको लागि यहाँ थिच्नुहोस

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.