default_image

4 years ago

January 26, 2022

पहिलो हाफमा मछिन्द्र र एपिएफ बराबरीमा

158 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को २० औं संस्करण अन्तर्गत नेपाल एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच जारी पहिलो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि मछिन्द्रले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको दुवै गोल फ्रिकिकमा हेडरमार्फत सम्भव भएको हो । एपिएफका लागि सनिस श्रेष्ठले गोल गरेका थिए भने मछिन्द्रका ओमोलाजा करीमले बराबरी गोल फर्काए ।

छैटौं मिनेटमा विकी तामाङको क्रसमा अर्मान्ड विडोमले पेनाल्टी बक्समा टर्न गर्दै गरेको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा मेसुके ओलुमोउको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले सहजै नियन्त्रणमा लिए । १९औं मिनेटमा अर्मान्डको क्रसमा कप्तान नविन लामालाई लागेको बलमा प्रदीप लामाले गरेको प्रहारलाई गोलरक्षक सुर्य अधिकारीले मुस्किलले नियन्त्रणमा लिए । २४औं मिनेटमा अर्मान्डको प्रहारलाई गोलरक्षक सुर्यले सहजै बचाए ।

२५औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । छिरिङ गुरुङले मणि लामालाई फउल गरेपछि मणि आफैंले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिकलाई सनिसले उत्कृष्ट जम्प गर्दै हेडमार्फत सुन्दर गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई युया कुरियामाले पञ्च गर्दै बचाउँदा मछिन्द्र बराबरीबाट चुक्यो । ३२औं मिनेटमा छिरिङको पासमा अभिषेक रिजालले हेडर सदुपयोग गर्न सकेनन् ।

४० औं मिनेटमा मछिन्द्रले खेल बराबरीमा ल्यायो । मछिन्द्रका लागि ओमोलाजा नुरेन करीमले गोल गरे । कप्तान रञ्‍जित धिमालको फ्रिकिकलाई करीमले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गरेका थिए । खेलको पहिलो हाफ सकिएको सिठीपछि खेलाडीबीच विवाद हुँदा रेफ्री नविन्द्र महर्जनले एपिएफका आवास लामिछाने र मछिन्द्रका बुद्ध चेम्जोङलाई पहेंलो कार्ड देखाएका थिए ।

यस खेलमा जित हासिल गर्ने टोलीले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मछिन्द्र विरुद्ध एपिएफको खेलको प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.