default_image

4 years ago

February 11, 2022

बिबिसीमाथि फ्रेन्ड्सको सानदार जित

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि सानदार जित निकालेको छ ।

फ्रेन्ड्सले रेलिगेसनकै डरमा रहेको बीबीसीलाई ५–२ को सानदार जित दर्ता गरेको हो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सको सानदार जितमा जमोल एन्थोनी पउल र सुशिल शाहले समान दुई गोल गर्दा श्यामबाबु क्याप्छकीको नाममा एक गोल रह्यो ।बीबीसीका ड्यानी जुनियर वाम्वा र अनिल गुरुङले गोल फर्काए ।

खेलको १४औं मिनेटमा सुशिल शाहले फ्रिकिकमार्फत दर्शनीय गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । ड्याडी जुनियर वाम्वाले कपतान नाथानिल जुडे गार्सियालाई फउल गरेपछि प्राप्त फ्रिकिकमा फ्रेन्ड्सका लागि पहिलो खेल खेलिरहेका सुशिलले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार पहिलो बार च्याप्दै दर्शनीय गोल गर्न सफल भएका थिए ।

२५औं मिनेटमा ड्याडी जुनियर वाम्वाले फ्रिकिकमै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । असिम भुसालले भुवन बस्नेतलाई फउल गरेपछि आर्कबाहिर प्राप्त फ्रिकिमा ड्यानीले बार चइाप्दै गरेको प्रहारलाइ फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले बचाउने प्रयास गरेपनि जोगाउन सकेन ।

२७औं मिनेटमा श्यामबाबु क्याप्छकीले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए । रन्दिप पौडेलले नाथानिल जुडे गार्सियामाथि फउल गरेपनि रेफ्रीले फ्रेन्ड्सलाई एडभान्टेज खेलाउँदा विकास थापा, जमोल एन्थोनी पउल र श्याम बाबुको समन्वयमा गोल गर्न सफल भएका थिए ।

उक्त गोलमा विवादमा उत्रिएपछि रेफ्री प्रज्वल क्षेत्रीले ३०औं मिनेटमा वैकल्पिक खेलाडी रजत तिवारीलाई सिधै रातो कार्ड तथा गोलरक्षक र सहायक प्रशिक्षकलाई पहेलो कार्ड देखाइएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा ३–१ को अगता दिलाए । निसेन सुब्बाको फ्रिकिकलाई जमोल एन्थोनीले हेडमार्फत गोल गर्न सफल भएका थियो ।

४८औं मिनेटमा कप्तान अनिल गुरुङका पासमा रोशन रानामगरले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राहुले पञ्च गर्दै बचाउँदा बीबीसी गोलअन्तर कम गर्नबाट चुक्यो । ५७औं मिनेटमा रुडी जोनाथनको क्रस पासमा कप्तान अनिल गुरुङ चुके ।

६४औं मिनेटमा शिशिर लेखीको फ्रिकिक गोलरक्षक राहुलको पञ्च क्रसबारमा लाग्दै फर्कदा नियन्त्रणमा लिन सफल भयो । ६९औं मिनेटमा दोर्जे तामाङको फ्रिकिकमा गोलरक्षक राहुल नै बाधक बने । ७१औं मिनेटमा रोशन रानामगरको प्रहार पोलमा लागेर फर्कदा बीबीसी पुनः गोल अन्तर कम गर्नबाट चुक्यो ।

७६औं मिनेटमा जमोल एन्थोनीले व्यक्तिगत दोसे तथा टोलीका लागि चौथो गोल गर्दै फ्रेन्ड्सलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले प्रिजेन तामाङको पासमा अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको अवस्थामा सहज फिनिस गरेका थिए ।

लगत्तै ७८औं मिनेटमा सुशिल शाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै फ्रेन्ड्सलाई ५–१ ले अघि बढाए । उनले प्रिजेन तामाङको क्रसलाई सदुपयोग गर्दै आर्कबाट नियन्त्रणमा लिदै गरेको प्रहार टप कर्नरमा गोलमा परिणत हुदा बीबीसीका गोलरक्षक गुरप्रित सिंहले बचाउने कुनै मौका नै पाएन ।

८६औं मिनेटमा कप्तान अनिल गुरुङले पेनालटीमा गोल गर्दै खेललाई ५–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा फ्रेन्ड्स विजयी हुन सफल भयो । रुडी जोनाथनलाई प्रिजेन तामाङले पेनाल्टी बक्सभित्र फउल गरेपछि रेफ्रीले बीबीसीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा कप्तान असनल चुकेनन् ।

पहिलो जितसँगै पुछारमा रहेको फ्रेन्ड्सले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ । १० खेलबाट ६ अंक जोडेर फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ । हारसँगै समान ६ अंक नै रहेपनि बीबीसी १३औं तथा ५ अंक जोडेको च्यासल युथ क्लब पुछारमा पुगेको छ । च्यासलले एक खेल कम खेलेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.