default_image

2 years ago

February 13, 2022

चेल्सी क्लब विश्वकप च्याम्पियन

एजेन्सी – अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बन्न सफल भएको हो । साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको […]

87 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बन्न सफल भएको हो ।

साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको थियो । अतिरिक्त समयमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए ।

चेल्सीका लागि रोमेलु लुकाकु र काई हाभर्टजले गोल गरे । पाल्मेइरसका राफयल भेइगाले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले कलुम हड्सन ओडोईको क्रसमा हेडमार्फत गोल गर्न सफल भएका थिए ।

तर, चेल्सीको अग्रता लामो समय टिकेन । ६४औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्काेस रोचाको थ्रु बललाई पेनाल्टी बक्सबाट हेडमार्फत क्लियर गर्ने क्रममा थियागो सिल्भाको ह्यान्ड हुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै पाल्मेइरसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा भेइगा चुकेनन् । त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो ।

११७औं मिनेटमा काईले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए । पेनाल्टी बक्समा कप्तान सिजर एज्पिलिक्वेटाको प्रहारलाई लुआन गार्सियाको हातमा लागेको भन्दै चेल्सीले अपिल गरेपनि रेफ्रीले सुरुवातमा कुनै प्रतिक्रिया पछि भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।

अतिरिक्त समयको थप गरिएको छैटौ मिनेटमा लुआन गार्सिया दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिरिएपछि पाल्मेइरस १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । यसअघि चेल्सीले गत अगस्टमा स्पेनिस क्लब भिल्ला रियललाई हराउँदै युइएफए सुपर कपको च्याम्पियन बनेको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.