4 years ago
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । यो सँगै अब एनएसएलमा सहभागी टोलीको संख्या १० पुगेको छ ।

यसै वर्षको बैशाख–जेठमा भएको पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको थियो । आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ तीन टोलीको घोषणा गरेको छ । जसमा झापा ११ एफसी, स्पोर्टिङ इलाम दि मेची र वीरगन्ज युनाइटेड एफसी रहेका छन् ।
चैत २६ देखि २०७९ जेठ ७ गतेसम्म एनएसएलको दोस्रो संस्करणको पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले यसअघि नै जानकारी गराइसकेको छ । यद्यपि कोरोना संक्रमणको स्थिति हेरेर एकै सहरमा गर्ने सम्भावना पनि रहेको आयोजकले उल्लेख गरेको छ ।
पहिलो संस्करण कोभिड–१९ को प्रतिकुल अवस्थाका बाबजुद बिना दर्शक दशरथ रंगशालामा भएको थियो । २०७८ वैशाख–जेठमा भएको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए । काठमाडौं रेजर्सले फाइनलमा धनगढी एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो ।
पहिलो संस्करणमा काठमाडौं रेजर्स, धनगढीसँगै ललितपुर एफसी, चितवन सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स र विराटनगर सिटी एफसीको सहभागिता रहेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]