default_image

4 years ago

March 1, 2022

एनएसएल अक्सनका लागि खेलाडी सुची सार्वजनिक

326 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणका लागि खेलाडीको वर्गीकरण सहितको अक्सन सुची सार्वजनिक गरेको छ । एनएसएलले सार्वजनिक रहेको सुचिमा रहेका २ सय ४२ खेलाडीलाई दर्ता गर्न आव्हान गर्दै आज वर्गीकरण सार्वजनिक गरेको हो ।

यसै साता ए डिभिजनका ८ क्लबले सम्झौतामा रहेका खेलाडीलाई अन्य क्लबमा आबद्ध नहुन अनुरोध गर्दै विज्ञप्ति जारी गरेपछि एनएसएलमा खेलाडी सहभागिता बारे प्रश्न उठेको थियो । यसका लागि एनएसएलले अक्सनमा सुचिकृत खेलाडीलाई पुन: आफैं दर्ता प्रक्रियामा सहभागी भएर क्लबको फुकुवा पत्र अनिवार्य गरेको छ ।

एनएसएलले यसपटक ए श्रेणीमा ४० तथा बी र सी श्रेणीमा समान १ सय १ खेलाडीको नाम राखेको छ । अब मार्की खेलाडी पक्का भएपछि ए श्रेणी र अन्य श्रेणीमा पनि खेलाडी थपिने सम्भावना छ । यसपटक एनएसएलमा १० टोली सहभागी रहने र हरेक टोलीमा २३ खेलाडी हुनुपर्ने कारण पनि सुचिमा खेलाडी संख्या थप हुने आँकलन रहेको छ ।

हालसम्म एनएसएलले खेलाडी विषयमा सार्वजनिक गरेको यो नै पहिलो सुची हो । यसअघि मार्की खेलाडीको सुची भने लिगले आन्तरिक रुपमा क्लब हरुलाई मात्र दिएको थियो ।

एनएसएलको खेलाडी सुची :

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.