4 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन लिग क्लबको प्रशिक्षकका रुपमा यसै सिजन डेब्यू गरेका विष्णु गुरुङले नेपाल सुपर लिग (एनएसएल) को विराटनगर सिटी एफसीको कमान सम्हाल्ने भएका छन् ।

विराटनगरले बिहीबार प्रेस विज्ञप्तीमार्फत गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । विराटनगरले गत सिजन भारतीय प्रशिक्षक यान ललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । गत साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा गुरुङको नेतृत्वमा रहेको संकटा क्लबले अंकतालिकामा सातौं स्थान हासिल गरेको थियो ।
सहारा एकेडेमीको पहिलो ब्याचका खेलाडीका रुपमा फुटबलमा अघि बढेका गुरुङले पछि एकेडेमीकै प्रशिक्षकका रुपमा नयाँ यात्रा सुरु गरेका थिए । थ्री स्टार र संकटाका पूर्व खेलाडी समेत रहेका उनी एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
सी लाइसेन्स लिइसकेपछि बनेपा ब्वाइज क्लब (बिबिसी) को सी डिभिजन छनोट, आइडिएल कपमा कलेज टोली हुँदै ललित स्मृतिमा थ्री स्टारको युवा टोलीलाई प्रशिक्षण दिएका थिए । सी लिएको केहि समयमै एसियाली फुटबल महासंघ (एएफसी) ले उनलाई बी लाइसेन्स कोर्षका लागि छनोट गर्यो । उनले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरे । छोटो अवधिमै उनले राष्ट्रिय टोली तयार पारेर एसियन कप छनोटमा टोलीको प्रशिक्षण सम्हाले ।
बी लाइसेन्स प्राप्त गरेपछि भने उनी प्रशिक्षकका रुपमा सहारा फर्किए । सहारामा हुँदा हुँदै संकटाले उनले लिगका लागि प्रशिक्षकमा नियुक्त गरेको थियो । सहारामा हुँदा हुँदै यो वर्ष उनले दुई वटा अर्को जिम्मेवारी पनि पूरा गरे । आफै समेत सेयर होल्डर रहेको स्पोर्ट्स कासललाई गुरुङले असोजमा पहिलो ए डिभजन लिग फुटसल च्याम्पियन बनाए । त्यसको केहि दिनपछि आरसी ३२ टोलीलाई सी डिभिजनमा छनोट गराउनमा पनि उनको भूमिका रहेको थियो ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम)को आयोजनामा चैत २६ गतेबाट सुरु हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा यसपटक ३ नयाँ टिम थपिएपछि कुल १० टिमले प्रतिस्पर्धा गर्ने यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरिएको छ ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]