4 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खलकुद)– विराटनगर सिटी एफसीले मार्की खेलाडीका रुपमा रञ्जित धिमाललाई निरन्तरता दिएको छ । अर्को महिना आयोजना हुने दोस्रो संस्करणको नेपाल सुपर लिगका लागि विराटनगरले धिमाललाई निरन्तरता दिएको हो । विराटनगरले बिहीबार प्रेस विज्ञप्तीमार्फत रञ्जितलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेको जनाएको छ ।

रञ्जित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्दाका महत्वपूर्ण सदस्य हुन् । २०७६ मा मछिन्द्रले पहिलो पटक लिग जित्दा पनि उनी त्यसका सदस्य थिए । रञ्जित नेपालले सन् २०१६ सोलिडारिटी कप टोलीमा थिए ।
विराटनगरले रञ्जितले मैदान भित्र र बाहिर पनि टोलीको नेतृत्व सम्हाल्नेमा विश्वस्त रहेको जनाएको छ । प्रदेश एकका प्रेरणादायी खेलाडीका रुपमा रहेको उनमा विजयी मानसिकता रहेको पनि क्लबले जनाएको छ । रञ्जित मोरङ उर्लाबारीका स्थायी बासिन्दा हुन् । उनले थ्री स्टार, एपिएफ, एनआरटी बाट पनि व्यवसायिक फुटबल खेलिसकेका छन् । विराटनगरले उल्रिच सेवालाई पनि पुनः क्लबमा आबद्ध गराएको छ ।

विराटनगरले ए डिभिजन लिग क्लबको प्रशिक्षकका रुपमा यसै सिजन डेब्यू गरेका विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम)को आयोजनामा चैत २६ गतेबाट सुरु हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा यसपटक ३ नयाँ टिम थपिएपछि कुल १० टिमले प्रतिस्पर्धा गर्ने यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरिएको छ ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]