default_image

4 years ago

March 3, 2022

काठमाडौं रेजर्समा विकेश र बालगोपाल निरन्तर

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) काे साविक विजेता काठमाडौं रेजर्सले गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीका रुपमा अनुबन्धनलाई निरन्तरता दिएको छ ।

रेर्जसले विहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेको हो । प्रशिक्षकमा पनि बालगोपाल महर्जनलाई निरन्तरता दिएको छ । १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दाका महत्त्वपूर्ण सदस्य विकेश आर्मीका पहिलो रोजाईका गोलरक्षक हुन् ।

१३ औं सागमा महर्जनको प्रशिक्षणमा नेपालले स्वर्ण पदक जितेको थियो । राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान समेत रहेका महर्जनले सन् २०१० देखि १०१६ सम्म एन्फामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। महर्जनले भारतमा ‘बी’ डिभिजन लिगको क्लब तथा बंगलादेशमा ब्रदर्स युनियनलाई प्रशिक्षण दिएका थिए । उनकै प्रशिक्षणमा नेपालले गत वर्ष थ्री नेसन्स कपको उपाधि पनि जितेको थियो ।

मार्की खेलाडी विकेशले काठमाडौंमा पुन: अनुबन्ध हुन पाउँदा खुसी व्यक्त गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए । प्रशिक्षक महर्जनले गत वर्षको नतिजा दोहोर्याउने लक्ष्यसहित अघि बढ्ने बताए ।

यसअघि झापा एफसीले राष्ट्रिय टोलीका अन्जन विष्टलाई मार्की खेलाडी अनुबन्ध गरिसकेको छ । धनगढीले विशाल राई तथा विराटनगरले रञ्जित धिमालले निरन्तरता दिएको छ । विराटनगरले प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त गरेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.