9 years ago
December 1, 2016
युनाइटेड (एजेन्सी)– एन्थोनी मार्सियल र याल्टान इब्राहिमोभिचले समान २ गोल गरेपछि वेस्ट ह्याम युनाइटेडलाई ४–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड क्यापिटल वान कपको सेमिफाइनल पुगेको छ ।

वेस्ट ह्यामसँगै आइतबार प्रिमियर लिगको खेलमा १–१ को बराबरीमा रोकिएको युनाइटेडले बुधबार सानदार जित निकाल्दा प्रशिक्षक जोजे माउरिन्हो भने टच लाइनमा थिएनन् । त्यहि बराबरीको खेलमा उनले पानीको बोतलमा लात हान्दै रिस देखाएपछि कारवाहीमा परेका थिए । वेस्टह्यामविरुद्ध प्रिमियर लिगमा बराबरी गोल गरेका इभ्राहिमोचिले बुधबार दोस्रो मिनेटाम गोल गरे । मार्सियलले ४८ औं र ६२ औं मिनेटमा गोल गरे भने इब्राहिमाभिचले इन्जुरी समयमा अर्को गोल थपे । वेस्टह्यामका लागि पहिलो हाफमा एस्ले फ्लेचरले गोल फर्काएका थिए । अर्को खेलमा साउथह्याम्टनले आर्सनललाई २–० ले हराएको छ । पहिलो हाफमा जोर्डी क्लासिया र रायन र्बेटरान्डले गरेको गोलमा साउथह्याम्टन विजयी भएका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]