default_image

4 years ago

March 3, 2022

सुजल पोखरा थन्डर्सको मार्की खेलाडी

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सको मार्की खेलाडी घोषित भएका छन् । पोखराले सुजललाई आफ्नो मार्की खेलाडीका रुपमा बिहीबार सम्झौता गरेको छ ।

गत वर्ष अक्सनमा सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुने मध्येका एक सुजलले चोटका कारण एनएसएल गुमाउनु परेको थियो । खेलाडीका रुपमा मैदानमा उत्रन नसकेपनि पोखराले सुजललाई व्यवस्थापकको जिम्मेवारी दिएको थियो । यसपटक भने पोखराले मार्की खेलाडीका रुपमा क्लबमा भित्राएको छ ।

अर्को महिना सुरु हुने एनएसएलका लागि सहभागी १० टोलीले मार्की खेलाडी घोषित गरिरहेका छन् । बिहीबार नै काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीले मार्की खेलाडीसँगै मुख्य प्रशिक्षक घोषणा गरेको थियो । काठमाडौं रेजर्सले विकेश कुथुलाई र विराटनगरले रञ्जित धिमाललाई मार्की खेलाडीका रुपमा निरन्तरता दिएको घोषणा गरेको थियो ।

त्यस्तै काठमाडौंले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । विराटनगरले भने विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । विष्णले यसपटक ए डिभजिन लिगमा प्रशिक्षकका रुपमा डेब्यू गर्ने क्रममा संकटा क्लब सम्हालेका थिए । संकटाले सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । यसअघि झापा एफसीले मनाङ मस्र्याङ्दी क्लबका कप्तान अन्जन विष्ट मार्की खेलाडी घोषणा गरेको थियो । त्यस्तै धनगढी एफसीले विशाल राईलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम) को आयोजनामा चैत २६ गतेबाट सुरु हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा यसपटक ३ नयाँ टोली थपिएपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरेको छ ।

एनएसएलमा धनगढी, विराटनगर, काठमाडौं रेजर्स, झापा, पोखरासहित ललितपुर सिटी एफसी, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने बताइएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.