default_image

4 years ago

March 3, 2022

एफसी चितवनको प्रशिक्षण टोलीमा फुजा र गुरुङ

332 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) टोली एफसी चितवनले प्रशिक्षण टोलीमा तोपे फुजा र याम गुरुङलाई नियुक्त गरेको छ ।

मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक फुजालाई चितवनले प्राविधिक निर्देशक र बुटवलका याम गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्लबका मालिक सचिन ढकालले जानकारी दिए । टोलीले शैलेश कर्माचार्यलाई सहायक प्रशिक्षकका रुपमा निरन्तरता दिएको छ ।

चितवनले एनएसएलको पहिलो संस्करणमा मेघराज केसीलाई मुख्य प्रशिक्षक र त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवासलाई मार्की खेलाडी नियुक्त गरेको थियो । चितवनले यसपटक मार्की खेलाडी भने केहि दिन पछि सार्वजनिक गर्ने ढकालले बताए । चितवनको पहिलो संस्करण भने सन्तोषजनक हुन सकेको थिएन ।

फुजाको नेतृत्वमा यसपटक मनाङले लिगमा पाँचौ स्थान प्राप्त गरेको थियो । मनाङलाई लिग समेत जिताइसकेका फुजाले त्यसअघि मछिन्द्र फुटबल क्लबलाई प्रशिक्षण दिएका थिए ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम) को आयोजनामा चैत २६ गतेबाट सुरु हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा यसपटक ३ नयाँ टोली थपिएपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरेको छ ।

विहीबार काठमाडौं रेजर्सले विकेश कुथुलाई मार्की खेलाडी र बालगोपाल महर्जनलाई प्रशिक्षकमा निरन्तरता दिएको छ । विराटनगर सिटीले मार्की खेलाडीमा रञ्‍जित धिमाललाई निरन्तरता दिँदा प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको छ । झापा फुटबल क्लबले अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अघिल्लो साता नै सार्वजनिक गरिसकेको छ ।

एनएसएलमा धनगढी, विराटनगर, काठमाडौं रेजर्स, झापा, पोखरासहित ललितपुर सिटी एफसी, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने बताइएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.