4 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नवीन न्यौपाने नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पोखराले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । त्यस्तै मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठलाई पोखराले मार्की खेलाडीका रुपमा लिएको छ ।

त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक न्यौपाने गत वर्ष पनि पोखराको प्रशिक्षक नियुक्त भएका थिए । अक्सनमा बसेपछि न्यौपानेले व्यक्तिगत कारणले एनएसएल खेल्दा भने टोलीमा थिएनन् । यसपटकका लागि भने आफू उत्साहित रहेको न्यौपानेले बताएका छन् । न्यौपानको प्रशिक्षणमा आर्मी सहिद स्मारक लिगको पछिल्ला दुई संस्करणमा दोस्रो भएको थियो ।
यसपटक पनि पोखराले प्रशिक्षणको मौका दिएकोमा उनले व्यवस्थापनलाई धन्यवाद दिए । उनले फुटबल विकासका लागि एनएसएल महत्वपूर्ण हुन सक्ने भएपछि फुटबल संघ सरोकारवाल अखिल नेपाल फुटबल संघ (एन्फा) , ए डिभिजन क्लब र एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट् म्यानेजमेन्टबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
‘एन्फाले ए डिभिजन, एनएसएल र मोफसलका प्रतियोगिताका लागि मिल्ने गरि क्यालेन्डर बनाउन सके राम्रो हुन्छ,’ उनले भने,‘हामी कहाँ सिमित खेलाडी छन् । लिग, एनएसएल खेल्ने सबैलाई इच्छा हुन्छ । तर समय मिलाउन नसक्दा खेलाडीहरुले विना तयारी खेल्नुपर्ने हुन्छ । यदि यो सबै चिजलाई राम्ररी व्यवस्थापन गर्ने हो भने फुटबल विकास राम्रो हुन सक्छन् ।’
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम) को आयोजनामा चैत २६ गतेबाट सुरु हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा यसपटक ३ नयाँ टोली थपिएपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरेको छ ।
एनएसएलमा धनगढी, विराटनगर, काठमाडौं रेजर्स, झापा, पोखरासहित ललितपुर सिटी एफसी, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने बताइएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]