default_image

4 years ago

March 3, 2022

बुटवलमा विशाल नै मार्की, प्रशिक्षकमा थापा

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) का लागि बुटवल लुम्बिनी फुटबल क्लबले गोलरक्षक विशाल श्रेष्ठलाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ ।

क्लबले आफ्नो वेबसाइटमार्फत प्रशिक्षकमा भने परिवर्तन गर्दै नेपाल पुलिस क्लबमा अनन्त थापालाई नियुक्त गरेको जनाएको छ । बुटवलले गत सिजन प्रशिक्षकमा सनोज श्रेष्ठलाई नियुक्त गरेको थियो । क्लबको जनरल म्यानेजरमा राजुकाजी शाक्य नै नियमित रहेका छन् । राष्ट्रिय टोलीका खेलाडी तथा गत सिजन लुम्बिनीबाट नै खेलेका डिफेन्डर रविन श्रेष्ठ भने टोलीमा व्यवस्थापकका रुपमा रहेका छन् ।

टोलीमा यसपटक पनि मार्की खेलाडीमा विशाल श्रेष्ठ नै निरन्तर रहेका छन् । उनले गत सिजन टोलीको कप्तानी पनि सम्हालेका थिए । लुम्बिनीले सुरज विक घाइते भएपछि उनको स्थानमा त्यसबेला राष्ट्रिय टोलीका कप्तान रहेका विराज महर्जनलाई अनुबन्ध गरेको थियो । विशालले लिग चल्दै गर्दा विराजलाई कप्तानीको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

क्लबले गत सिजन अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । प्लेअफमा ललितपुरसँग पराजित भएपछि टोली समग्रमा चौथो स्थानमा सिमित भएको थियो ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम) को आयोजनामा चैत २६ गतेबाट सुरु हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा यसपटक ३ नयाँ टोली थपिएपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरेको छ ।

विहीबार काठमाडौं रेजर्सले विकेश कुथुलाई मार्की खेलाडी र बालगोपाल महर्जनलाई प्रशिक्षकमा निरन्तरता दिएको छ । विराटनगर सिटीले मार्की खेलाडीमा रञ्‍जित धिमाललाई निरन्तरता दिँदा प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको छ । झापा फुटबल क्लबले अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अघिल्लो साता नै सार्वजनिक गरिसकेको छ । चितवनले प्रशिक्षण टोलीमा तोपे फुजा, याम गुरुङ र शैलेश कर्मचार्यलाई नियुक्त गरेको छ ।

एनएसएलमा धनगढी, विराटनगर, काठमाडौं रेजर्स, झापा, पोखरासहित ललितपुर सिटी एफसी, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने बताइएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.