default_image

4 years ago

March 3, 2022

धनगढीमा युगलकिशोर र मिन निरन्तर

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएसएलमा सुदूरपश्चिमको एक्लो फ्रेन्चाइज फुटबल टिम धनगढी एफसीले आफ्नो प्रशिक्षण टोलीमा युगलकिशोर राई र मिन बस्नेतलाई निरन्तरता दिएको छ ।

क्लबले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपिङ कोचमा मीन बस्नेतलाई पुनः अनुबन्ध गरेको जनाएको छ । एनएसएल–२०२१ मा पनि धनगढी एफसीमा मुख्य प्रशिक्षक र गोलकिपिङ प्रशिक्षक रहेका थिए । दुवै जना हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबको प्रशिक्षण टोलीमा रहेका थिए ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई निरन्तरता दिइसकेको घोषणा गरिसकेको छ । विशाल लगातार चारपटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बन्ने खेलाडी हुन् ।

धनगढी गत बर्ष भएको नेपाल सुपर लिग (एनएसएल) को फाइनलसम्म पुगेको थियो । फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । आगमाी चैत २६ देखि हुने दोस्रो संस्करणको एनएसएलको लागि टोलीले तयारीलाई तीव्र पारेको जनाएको छ ।

मार्की प्लेयर, मुख्य प्रशिक्ष्ँक, गोलकिपिङ कोचको निरन्तरतासँगै एनएसएल २०२२ को प्रतिस्पर्धामा सफलता हात पार्नेमा हामी विश्वस्त रहेको धनगढीले जनाएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.