4 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार हुने भनिएको अक्सन रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई आग्रह गरेको छ ।

सहिद स्मारक ए डिभिजन क्लबमा सम्झौता हुँदा हुँदै एनएसएलका लागि अक्सन गर्दा समस्या पर्न सक्ने भन्ने क्लबहरुको मागलाई ध्यानमा राख्दै एन्फाले तत्कालका लागि अक्सन रोक्न आग्रह गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।
‘ए डिभिजन क्लब र एनएसएल आयोजक दुवै पक्षसँग हामीले अलग अलग छलफल गर्यौं । दुवै पक्ष सबै विषयमा छलफल गरेर अघि बढ्न तयार हुनुहुन्छ,’ उनले भने,‘ फरक यत्ति रह्यो । एनएसएलले अक्सन नरोकेर छलफल गरौं भन्ने भयो । क्लबहरुले अक्सन रोकेर छलफल गरौं भन्ने रह्यो । अक्सन रोकेर छलफलमा जाँदा उपयुक्त देखेर हामीले अक्सन रोक्न पत्रचार गर्न लागेको हौं।’
ए डिभिजनका ८ क्लबले आइतबार र बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै छलफल समन्वय गर्न एन्फा र सम्बन्धित अन्य पक्षलाई आग्रह गरेको थियो ।
पहिलो पटक क्लबहरुले आइतबार संयुक्त पत्रमार्फत ए डिभिजन क्लबमा खेलाडीहरु अनुबन्धन रहँदाको अवस्थामा अन्य कुनै क्लबमा दर्ता नगर्न नगराउन आग्रह गर्दै एन्फालाई पत्र लेखेको थियो । तर एन्फाले त्यसमा व्यवास्था गरेको भन्दै ८ क्लबले बुधबार पुनः अर्को विज्ञप्ती जारी गरेको थियो ।
ए डिभिजनका ८ क्लबले बुधबार जारी विज्ञप्तीमा भनेका थिए, ‘फुटबल विकासमा महत्वपूर्ण लगानी गर्दै आइरहेका क्लबहरुको भविष्यलाई कुठाराघात पार्ने खालको कार्य भइरहेको हुँदा क्लबहरुको अनुमति विना नै क्लबमा कानुनी रुपमा आबद्ध रहेका खेलाडीहरुको बोल कबोल गर्ने समाचार बाहिर आएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’
सोही विज्ञप्तीमा भनिएको थियो ‘यस्तो क्रियाकलापबाट देशको फुटबल खेलमा नकारात्मक असर पर्न देखिएकोले यस्तो कार्य नगर्न हुन एन्फा र अन्य सरोकारवालामा जानकारी गराउँदछौं ।’
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम)को आयोजनामा हुने एनएसएलमा यसपटक ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ । आयोजकले शुक्रबारका लागि तय गरेको अक्सनका लागि एन्फाले ३ क्याटागोरीमा २ सय ४२ खेलाडीको नामावली तयार पारेको थियो । एनएसएलले अक्सन सुचिमा रहेका खेलाडीलाई फुकुवा पत्रसहित नाम दर्ता गराउन पनि अनुरोध गरेको थियो ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।
एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले भने एन्फाबाट कुनै पत्र प्राप्त नभएको बताएका छन् । उनले अहिले सम्म अक्सन रोक्ने कुनै निर्णय नभएको पनि प्रष्ट पारेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]