default_image

4 years ago

March 3, 2022

शुक्रबार अक्सन हुने एनएसएलको निर्णय

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले शुक्रबार गर्ने भनिएको अक्सन कार्यक्रम नियमित कार्यक्रमअनुसार नै संचालन हुने जनाएको छ ।

एनएसइएमका सीइओ सुदीप शर्माले अक्सन पूर्व निर्धारित कायर्क्रम अनुसार नै संचालन हुने जानकारी हाम्रो खेलकुदलाई दिए । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले ए डिभिजन क्लबसँग छलफलपछी एनएसएललाई अक्सन रोक्न पत्राचार गर्ने भनेपनि एनएसएलले हालसम्म कुनै आधिकारिक पत्र नपाएको र कार्यक्रम अघि बढ्ने जानकारी दिएको हो । अक्सन शुक्रबार विहान १० बजे सुरु हुने कार्यक्रम रहेको छ ।

ए डिभिजनका ८ क्लबले आइतबार र बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै छलफल समन्वय गर्न एन्फा र सम्बन्धित अन्य पक्षलाई आग्रह गरेको थियो । पहिलो पटक क्लबहरुले आइतबार संयुक्त पत्रमार्फत ए डिभिजन क्लबमा खेलाडीहरु अनुबन्धन रहँदाको अवस्थामा अन्य कुनै क्लबमा दर्ता नगर्न नगराउन आग्रह गर्दै एन्फालाई पत्र लेखेको थियो । तर एन्फाले त्यसमा व्यवास्था गरेको भन्दै ८ क्लबले बुधबार पुनः अर्को विज्ञप्ती जारी गरेको थियो ।

ए डिभिजनका ८ क्लबले बुधबार जारी विज्ञप्तीमा भनेका थिए, ‘फुटबल विकासमा महत्वपूर्ण लगानी गर्दै आइरहेका क्लबहरुको भविष्यलाई कुठाराघात पार्ने खालको कार्य भइरहेको हुँदा क्लबहरुको अनुमति विना नै क्लबमा कानुनी रुपमा आबद्ध रहेका खेलाडीहरुको बोल कबोल गर्ने समाचार बाहिर आएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’

सोही विज्ञप्तीमा भनिएको थियो ‘यस्तो क्रियाकलापबाट देशको फुटबल खेलमा नकारात्मक असर पर्न देखिएकोले यस्तो कार्य नगर्न हुन एन्फा र अन्य सरोकारवालामा जानकारी गराउँदछौं ।’

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम)को आयोजनामा हुने एनएसएलमा यसपटक ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ । आयोजकले शुक्रबारका लागि तय गरेको अक्सनका लागि एन्फाले ३ क्याटागोरीमा २ सय ४२ खेलाडीको नामावली तयार पारेको थियो । एनएसएलले अक्सन सुचिमा रहेका खेलाडीलाई फुकुवा पत्रसहित नाम दर्ता गराउन पनि अनुरोध गरेको थियो ।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

एनएसएलको सम्पूर्ण जानकारी यहाँ थिच्नुहोस

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.