default_image

2 years ago

March 4, 2022

सुमन गोल्डेन बजरमार्फत बुटवलमा आबद्ध

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्बलका डिफेन्डर सुमन अर्याललाई एनएसएल टोली बुटवल लुम्बिनी एफसीले किनेको छ । बुटवलले ए क्याटागोरीका सुमनलाई गोल्डेन बजरमा प्राप्त गरेको हो । गोल्डेन बजरबाट प्राप्त खेलाडीका लागि अधिकत्मक मुल्य तिर्नुपर्ने हुन्छ ।

ए क्याटागोरीको अधिकत्मक मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । अक्सनमा रहेका टोलीले गोल्डेन बजरमा एउटा टोलीले एउटा खेलाडी मात्र किन्न पाउने प्रावधान छ ।
अर्को डिफेन्डर आशिष गुरुङ ३ लाख ५० हजारमा विक्री भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा गोलाप्रथामा आशिष साविक विजेता काठमाडौं रेजर्समा परेका थिए । ए क्याटागोरीका उनलाई ४ टोलीले किन्न चाहेका थिए । हिमालयन शेर्पा क्लबका उनले गत वर्षपनि काठमाडौं रेजर्सबाटै खेलेका थिए ।
गत सिजन काठमाडौंबाट खेल विश्वास श्रेष्ठ विरगन्ज युनाइटेडमा पुगेका छन् । ७ क्लबले उनलाई किन्न इच्छा देखाएपनि गोलापर्थामा उनी विरगन्ज पुगेका हुन् । बी क्याटागोरीका उनी १ लाख ५० हजार रुपैयाँमा विक्री भएका हुन् ।
राष्ट्रिय टोली मनीष डाँगीलाई एनएसएल टोली विराटनगर सिटी एफसीले किनेको छ । विराटनगरले उनलाई १ लाख ५० हजारमा किनेको हो । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग जित्दा टोलीका सदस्य रहेका मनीषले एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरबाटै खेलेका थिए ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

May 21, 2024

सामाजिक र खालीबारीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन् । बराबरी सँगै ९ खेलमा १२ अंक सहित सामाजिक सातौं स्थानमा रहेको छ भने खालीबारी […]

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

Success

Thank you for your time.