default_image

4 years ago

March 4, 2022

दर्शन अधिकतम मुल्यमा बुटवल लुम्बिनीमा

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) का कप्तान दर्शन गुरुङ अधिकतम मुल्यमा बुटवल लुम्बिनी एफसीमा पुगेका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा १० मध्ये ६ क्लबले उनलाई खरिद गर्न चाहेपछि गोलाप्रथामा उनी बुटवलमा पुगेका हुन् ।

एनएसएलको पहिलो संस्करणमा उनी धनगढी एफसीमा आबद्ध भएका थिए । हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा उनको कप्तानीमा न्यूरोड तेस्रो भएको थियो । ए क्याटागोरीका खेलाडीको न्यूनत्तम मुल्य १ ला ५० हजार र अधिकतम मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । घरेलु फुटबलका केहि चर्चित अनुहार भने अनसोल्ड भएका छन् । पुलिसका सुमन लामा, आर्मीका भरत खवास, थ्री स्टारका विक्रम लामा, मछिन्द्रका अभिषेक रिजाल जस्ता खेलाडी यसपटक अनसोल्ड भएका छन् ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् । एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.