default_image

2 years ago

March 4, 2022

पुजन यसपटक पनि धनगढीमै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटीले यो वर्ष पनि धनगढी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनमा धनगढीले उनलाई गोल्डेन बजरमा आफ्नो टोलीमा लिन सफल भएको हो । गोल्डेन बजरका खेलाडीको अधिकतम मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । नेपाल स्पोर्टस् एण्ड […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटीले यो वर्ष पनि धनगढी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनमा धनगढीले उनलाई गोल्डेन बजरमा आफ्नो टोलीमा लिन सफल भएको हो । गोल्डेन बजरका खेलाडीको अधिकतम मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.