4 years ago
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले यो वर्ष पनि एफसी चितवनबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनका लागि उनलाई चितवनले न्युनतम रकम १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको हो ।

ए क्याटागोरीका खेलाडीको न्युनतम रकम १ लाख ५० हजार रुपैयाँ तोकिएको छ । गत वर्ष अनसोल्ड भएपनि विकास खवास घाइते भएपछि चितवनले उनलाई आबद्ध गराएको थियो । यसपटक चितवनले मात्र उनीमाथि खरिदको इच्छा देखाएको थियो ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]