4 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यु–१८ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार प्रशिक्षणमा रहेका ३० सदस्यीय टोलीबाट ७ खेलाडी कटौती गर्दै २३ सदस्यीय टोली घोषणा गरेको हो ।

सम्झना चौधरी, गंगा कुमारी चौधरी, सीमा रावल, विपना स्नेही, अनु राई, सुष्मा जिटी र तुलसा बोहराले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षक दर्शन भक्त राज लावतले गत १२ फागुनमा प्रारम्भिक चरणमा ४० खेलाडी र त्यसपछि ३० खेलाडी छनोट गरेको थियो ।
नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्री प्रकाश वैद्य रहेका छन् । च्याम्पियनसिप १५ देखि २५ मार्चसम्म भारतको जमसेदपुरमा हुदैछ ।
च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल र बंगलादेशको सहभागिता रहेको छ । यि तीन टोलीले डवल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ ।
२३ सदस्यीय नेपाली टोली
सावित्री किसान (गोलरक्षक), लिला जोशी (गोलरक्षक), पुजा थापा (गोलरक्षक), सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अन्जली मचामासी, सराह बज्राचार्य, जेनिफर राना, सरिश्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]