9 years ago
December 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कोलम्बियामा सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ७१ जनाको शोकमा राजधानीमा शुक्रबार दिप प्रज्वलन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भित्र शुक्रबार साँझ मृतक आत्माको चिर शान्तीको कामना गर्दै दीप प्रज्वलन र शोकसभा गरेको छ ।

कोलम्बियामा बुधबारका लागि तय कोपा सुदामेरिका कपको फाइनलको पहिलो लेग खेल्न कोलम्बिया जाने क्रममा ब्राजिली फुटबल क्लब चापाकोऐन्सीको खेलाडी चढेको विमान दुर्घटना भएको थियो । विमानमा रहेका खेलाडी, पत्रकारसँगै विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो । ७१ वटा मैनबत्ती बालेर मृतकहरुको सम्झाना गर्नुअघि शोकसभामा सहभागीले मृतकको सम्झनामा १ मिनेट मौनधारण गरेका थिए ।
शोक सभामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष अनीता विन्दु, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवंन् ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाको उपस्थिति थियो । त्यस्तै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजु शाक्य, पूर्व कप्तान हरि खड्का, राष्ट्रिय टोलीका खेलाडी विक्रम लामा, विशाल श्रेष्ठ, रविन श्रेष्ठ, रोहित चन्द, मञ्चका सदस्य खेल पत्रकार, फोटो पत्रकार र अन्य खेलाडीको उपस्थित थियो ।





।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]