4 years ago
March 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको टोली एफसी चितवनले दोस्रो संस्करणका लागि स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडी छान्न ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ ।

आइएमई समूह अन्तर्गतको गेम अनको स्वामित्व रहेको चितवनले आगामी आइतबार विहान ११:४० बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा खेलाडी छनोट कार्यक्रम गर्दैछ । अप्रिल ८ बाट सुरु हुने भनिएको एनएसएलका लागि टोलीले अनन्त तामाङलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ ।
क्लबले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । चितवन फुटबल संघको साथमा आयोजना हुने उक्त छनोटमा २३ वर्ष नपुगेका खेलाडीहरूले भाग लिन पाउने छन् । खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ ।
चितवनले प्रशिक्षण टोलीमा तोपे फुजा प्राविधिक निर्देशक, याम गुरुङ मुख्य प्रशिक्षक तथा शैलेश कर्माचार्यलाई सहायक प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ । त्यस्तै रुपेश अधिकारी टोलीको व्यवस्थापकमा निरन्तर छन् ।
टिम : अनन्त तामाङ (मार्की), त्रिदेव गुरुङ (गोल्डेन बजर), अशोक बराल, लक्ष्मण रुचाल, विश्वास उदास, आयुष घलान, भुवन बस्नेत, राजन गुरुङ, संजोक राई, विशाल बस्नेत, टोप बहादुर राना, पासाङ लामा, राजबाबु थापा, प्रदीप लम्साल, जर्जप्रिन्स कार्की
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]