default_image

4 years ago

March 18, 2022

एनएसएलको टाइसिट ‘ड्र’ रद्द गर्न एन्फाको पत्र

272 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) ले काटेको अर्को पत्र लत्याउला वा त्यसको सम्मान गर्ला ? यसअघि फागुन २० गते लागि अक्सन रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै एनएसइएमले एनएसएलको अक्सन गरेको थियो ।

एन्फाले आइतबारका लागि तय भएको एनएसएलको टाइसिट ड्र रद्द गर्न एनएसइएमलाई शुक्रबार पत्र काटेको छ । ‘कार्यदलको बैठकको निर्णय अनुसार एनएसएल प्रतियोगिताको बारेमा सहिद स्कारक ए डिभिजन क्लब र एनएसएल आयोजकसँग अझ बढी छलफल गर्न आवश्यक भएकाले आइतबारका लागि गर्ने भनिएको टाइसिट ड्र कार्यक्रम रद्द गर्न हुन जानकारी गराइन्छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनएसइएमका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई लेखेको पत्रमा भनिएको छ ।

एन्फाको पत्रपछि एनएसइएमले टाइसिट ड्र रद्द गर्छ वा प्रक्रिया अघि बढाउँछ त्यो भने हेर्न बाँकी छ । ‘तपाईहरुको पहिलो पत्र उहाँहरुले मान्नु भएन । अबको पनि मान्नुहोला भन्ने छ र भन्ने प्रश्नमा एन्फा महासचिव तुलाधरले भने, ‘हेरौं के गर्नुहुन्छ । त्यसपछि के गर्ने छलफल हुन्छ ।’

एनएसएलका कारण उत्पन्न अन्यौलताका विषयमा ए डिभिजन क्लबहरुले उठाएको माग सम्बोधन गर्ने क्रममा कार्यसमितिको बैठकले बिहीबार अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, उपाध्यक्षत्रय कृष्ण थापा, उपेन्द्रमान सिंह, वीरबहादुर खड्का, सह महासचिव अरुणमान जोशी र सदस्य विजय घले रहेका छन् ।

फुटबलमा अहिले देखिएको विवाद समाधान गरेर अघि बढ्न एन्फालाई आग्रह गर्ने ४ क्लब न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका प्रतिनिधिसँग कार्यदलले शुक्रबार छलफल गरेको थियो । छलफलमा उपाध्यक्ष सिंहबाहेक संयोजक र अन्य सदस्य उपस्थित रहेको बताइएको छ ।

क्लबसँगको छलफलमा कार्यदलमा रहेकाहरुबीच नै एकमत नदेखिएपछि क्लब प्रतिनिधि अलमलमा परेका थिए । कार्यदलले क्लबका प्रतिनिधिसँग समस्या समाधानका लागि सुझाव मागेको थियो । प्रतिनिधिहरुले उल्टो कार्यदलको आधिकारिक धारणा माग गरेका थिए । बिहीबार मात्र गठन गरेको कार्यदल आन्तरिक छलफलमा नबसी क्लब प्रतिनिधिहरुसँग बसेको थियो ।

यसअघि एन्फाको पत्रलाई एनएसएल आयोजकले वेवास्ता गरेको चर्चा चलेको र विवाद समाधान गर्नका लागि टाइसिट ‘ड्र’ रोकेर छलफल चलाउने पर्ने सुझाव प्रतिनिधिहरुले दिएका थिए । कार्यदलकै सदस्यमध्येका एकले भने एनएसएल खारेज गर्नुपर्ने मत राखेका क्लबका एक प्रतिनिधिले जानकारी दिए । कार्यदलको धारणापछि पुनः बैठक बस्ने गरि क्लबका प्रतिनिधि छलफलबाट बाहिरिएका थिए । त्यसपछि एन्फा महासचिवले एनएसइएमलाई टाइसिट ‘ड्र’ रोक्नका लागि पत्र लेखेका थिए । एनएसएल आयोजकले एन्फालाई आइतबार टाइसिट ड्र गर्ने जानकारीको पत्र दर्ता गराएको बताइएको छ ।

सुरुमा ८ र पछि ४ क्लबले लगातार रुपमा एन्फाले अहिले देखिएको विवाद समाधानका लागि पहल लिन आग्रह गर्दै आएको थियो । ४ क्लबका पदाधिकारीले गत साता संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना खेलाडीहरु रिलिज नगरी एनएसएल अक्सनमा राख्नु जायज नभएको भन्दै त्यसको समाधान निकाल्न छलफलका लागि एन्फालाई आग्रह गरेको थियो ।

त्यसअघि फागुन १५ गते यी चारसहित लिग विजेता मछिन्द्र फुटबल क्लब, सातोदाबोटो युथ क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरि ८ क्लबका पदाधिकारीले संयुक्त विज्ञप्ती जारी गरि एनएसएलका कारण खेलाडीको दोहोरो सम्झौता हुने सम्भावना रहेकोले त्यसलाई आवश्यक समन्वय गर्न विज्ञप्तीमार्फत अनुरोध गरेका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.