default_image

9 years ago

December 3, 2016

अनन्तले आइतबारबाट फिजियो थेरापी सुरु गर्ने

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल सेन्टरब्याक अनन्त तामाङले आइतबारबाट फिजियो थेरापी सुरु गर्ने भएका छन् । बिहीबार ग्रान्डी अस्पतालबाट घुँडाको शल्यक्रिया गरेका अनन्त शुक्रबार नै डिसचार्ज भइसकेका छन् । अब आइतबारबाट नियमित फिजियोमा जुट्ने बताइएको छ ।

Ananta Tamang Hospital

नेपाललाई एएफसी सोलिडारिटी कप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) , बंगबन्धु गोल्डकप र त्यसअघि यू १९ साफ च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अनन्त सोलिडारिटी कपको सेमिफाइनलका दौरान घाइते भएका थिए । गत महिना मलेसियाको कोचिङ एफसी सोलिडारिटी कपको सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा हराउँदाको खेलमा लडेका बेला विपक्षी खेलाडीले दायाँ घुँडा थिचिदिएका थिए । त्यसका वावजुद उनले फाइनल खेले । अनन्तको अर्थोपेडिक सर्जन चक्रराज पाण्डे नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । अब उनले सात आठ हप्ता आराम गर्नुपर्ने बताइएको छ ।

‘कठिन समयमा शुभेच्छा दिनुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु । चोट विस्तारै ठिक हुनेछ । अब केही महिनामा पहिला भन्दा पनि बलियो हुँदै फर्केने आशा छ,’ अनन्तले फेसबुक स्ट्याटसमा लेखकका छन्,‘ डा. पाण्डे र उहाँको टोली डा. अमित जोशी, डा. इश्वर प्रधानसहित ग्रान्डी अस्पताललाई विशेष धन्यावाद । ’

एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा लाओसमाथि टाइब्रेकरमा जित हात पारेको खेलमा लडेका बेला उनको दायाँ घुँडा विपक्षी खेलाडीद्वारा थिचिएको थियो । त्यसका वावजुद उनले फाइनल खेलेका थिए ।

सोलिडारिटी कपको सेमिफाइनलमा लाओससँग उनले गोल गरेका थिए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । नेपाल २–२ को बराबरीपछि टाइब्रेकरमा लाओसलाई ३–० ले हराएर फाइनल पुगेको थियो । फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि जितेको थियो ।

अनन्तको उपचारको सबै खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.