4 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ मा वर्षको उत्कृष्ट टोलीको अवार्ड जितेको छ ।

राष्ट्रिय टोलीले २०७७ सालमा ५ खेल खेल्ने क्रममा १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो । घरेलु मैदानमा थ्री नेसन्स कपको नाममा आयोजना भएको मैत्रीपूर्ण प्रतियोगितामा फुटबल टोलीले बंगलादेशसँग १ बराबरी र १ जित तथा किर्गिस्तान यू-२३ टोलीसँग बराबरी खेलेको थियो । उक्त मैत्रीपूर्ण प्रतियोगिता नेपालले जितेको थियो ।
थ्री नेसन्स कप मार्फत नै तत्कालिन राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले संन्यास लिएका थिए । उनलाई फाइनल खेलमा अन्त्यतिर मैदान प्रवेश गराएर सानदार बिदाइ गरिएको थियो ।

त्यसअघि राष्ट्रिय टोलीले कोरोना महामारीबाट फुटबल फर्केको संकेत दिन आयोजना गरिएको मैत्रीपूर्ण खेलमा बंगलादेशमा गएर २ खेल खेलेको थियो । पहिलो खेल २-० ले हारेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]