9 years ago
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– क्रेस्टेन्ट एकेडेमी स्कुल गोदावरी र पुष्पाञ्जली माध्यामिक स्कुलले २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा २ – २ गोलको बराबरी खेलेका छन् । आइतबारका अन्य खेलमा एपिएफ कीतिपुर र एनके सिंह मेमोरियल स्कुल विजयी भएका छन् ।

क्रेस्टेन्टका सुजन तामाङ र मोहित तामाङले तथा पुष्पाञ्जलीका पुजन महर्जन र प्रसिद्ध रेग्मीले गोल गरे । पुष्पाञ्जलीका प्रसिद्ध प्लेयर अफ दि म्याच घोषित भए । सेन्ट जेभियर्स गोदावरीको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा भएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल एपिएफ स्कुल किर्तिपुरले अरुण शाहीको गोलमा ज्वालादेवी विद्यामन्दिर बाँडेगाउलाई १ – ० ले पराजित ग¥यो । अरुण प्लेयर अफ दि म्याच भए ।
‘कम टुगेदर एन्ड प्ले टुगेदर’ भन्ने नाराका साथ गोदावरी एल्मुनाईको सहयोगमा आयोजकको मैदानमा भएको तेश्रो खेलमा मिलन पुवार मगर र प्रशान्त चौधरीको गोलमा एनके सिंह मेमोरियल ईङ्गलीस स्कुलले काभ्या स्कुल, न्यूबानेश्वरलाई २ – ० ले हराएको थियो । प्रशान्त प्लेयर अफ दि म्याच घोषि तभए । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]