default_image

3 years ago

March 28, 2022

आयोजक जनजागृति जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

145 views

0 Bookmark

सुनिल गाँउले, सिमरा

आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा सुदूपश्चिम ११ लाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा पुग्न सफल भएको हो ।

आयोजकको जितमा सुनिल खड्काले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५०औं मिनेटमा गोल गरेका थिए । फ्रेण्ड्स क्लबमाथि ३–१ को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय सुदूपश्चिमले जनजागृतिविरुद्ध सुरुवातदेखी नै दवावमा देखिदा आकर्षक खेल पस्कन सकेन ।

डोना थापासहित ए डिभिजन क्लबका र स्थानिय खेलाडी सम्मिलित टिम लिएर मैदानमा उत्रिएको आयोजक सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाउँदा गोलको लागि भने दोस्रो हाफ नै कुर्नुपरेको थियो । खेलको दोस्रो मिनेटमै विनोद केसीले डिबक्स भित्र पाएको बललाई पोष्टको दिशा दिन नसक्दा सुदूर अग्रता लिनबाट चुक्यो ।

१०औं मिनेटमा सुनिल खड्काको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १३औं मिनेटमा डोना थापाको पासमा सुनिल खड्का चुके । २७औं मिनेटमा डोनाकै क्रसमा मोहित गुरुङ गोल गर्न चुके । झन्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको आयोजकविरुद्ध सुदूपश्चिमका पासाङ लामाले ३४औं मिनेटमा राम्रो अवसर बनाएपनि गोलरक्षक सन्तोष महतले नियन्त्रणमा लिए ।

दोस्रो हाफको सुरुवातमै सुनिल खड्काको गोलले अग्रता लिएपछि जनजागृति उत्साहित देखिएपनि थप गोल गर्न भने सकेनन् । अफ्रिकी मुलका दुई खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिम पूर्णरुपमा असफल देखियो । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि जनजागृतिका हेमन्त थापा मगर, सुनिल खड्का, मोहित गुरुङले थुप्रै अवसर चुकाए ।

८३औ मिनेटमा डोनाको प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले बचाए । खेलमा डोना थापाले गरेको दुई वटा गोलले मान्यता पाएन । पहिलो हाफ र दोस्रो हाफमा उनले गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले अफ घोषित गरेका थिए । सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलवार साविक बिजेता संकटा क्लब र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.