9 years ago
December 5, 2016
काठमाडाैं (हाम्राे खेलकुद)- नेपाललार्इ साेलिडारिटी कप दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका गाेलकिपर किरण चेम्जाेङ र सुजल श्रेष्ठलार्इ गृह जिल्ला धनकुटामा नागरिक अभिनन्दन गरिएकाे छ । अभिनन्दनमा स्थानिय वासिन्दा, विधार्थीलगायतकाे ठूलाे उपस्थिती थियाे । कार्यक्रम धनकुटा बजार ब्यवस्थापन समितिले आइतबार आयोजना गरेको थियो ।

२० दिन अघि नेपालले मलेसियाकाे कुचिङमा मकाउलार्इ १-०ले हराउँदै पहिलाे पटक एसियाली फुटबल महासंघकाे प्रतियाेगिता जितेकाे थियाे । नेपाललार्इ एतिहासिक सपफलता दिलाउन फाइनलमा सुजलले नै गाेल गरेका थिए । सुजल र किरण साेलिडारिटी कपमाका चारै खेलमा पहिलाे राेजाइमा थिए ।
त्यसअघि नेपाललार्इ फाइनलमा पुर्रयाउनमा किरणको भूमिका महत्वपूर्ण थियाे । उनले सेमिइफाईनलमा लाओस बिरुद पेनाल्टी शुट आउटमा दुइटा महत्वपुर्ण बचाउ गरेका थिए । लाअाेसविरूद्काे सेमिफाइनल नियमित र थप समय दुइ दुइकाे बरारीमा टुंगिएपछि किरण विपक्षीका दुर्इ पेनाल्टी राेक्दै नेपाललार्इ फाइनल पुर्रयाएका थिए । दुवै घरेलु फुटबलमा मनाङबाट खेल्दै अाएका छन् । किरणले अभिन्दन पश्चात फेसबुकमा स्ट्याटस लेख्दै प्रशिक्षक, साथीहरु, परिवार र फ्यानलाई धन्यबाद दिदै यो सफलतालाई निरन्तरता दिन लागि पर्ने खेलेका छन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]