9 years ago
December 5, 2016
दिपक बोहोरा ,पाँचथर
पाँचथर धेरै फुटबल क्रेज भएको जिल्ला हो । पछिल्लो समयमा पाँचथरमा दिनै पिच्छे जस्तै फुटबल प्रतियोगिताहरु भइरहेका छन । प्राय गाँउ गाँउमा १५ हजार देखि १ लाख सम्म पुरस्कार राशी भएका प्रतियोगिताहरु सञ्चालन भइरहेका छन ।

फुटबल प्रतियोतिाहरु टन्नै भए पनि प्राय गा.बि.स हरुमा फुटबल मैदानको अभाव रहेको छ । जिल्ला सदरमुकाम फिदिममा पनि ९ खेलाडी खेल्न मिल्ने मैदान मात्र रहेको छ । जिल्ला सदमुककाम फिदिममा रहेको यो खेलमैदान पनि फिदिम उच्च मा.बि को नाममा रहेको छ । जिल्ला सदमुकाममा समेत राम्रो खेलमैदानको अभाव रहेको छ ।
प्रत्येक वर्ष फिदिम स्पोटिङ क्लबले आयोजना गर्ने पुर्वि पहाडकै प्रतिष्ठित फाल्गुनन्द गोल्ड कप पनि फिदिम उच्च मा.बि को ९ खेलाडी खेल्न मिल्ने मैदानमा खेलाउदै आएको छ । जिल्लाका याङनाम ,रबि , पञ्चमि ,नबमिडाँडा, यासोक , रानिटार , फाक्तेप र लिम्बा गा.वि.स मा ९ जना खेल्न मिल्ने खेलमैदाल रहेको छ । भने बाकि केहि गा.बि.स हरुमा ७ जना खेल्ने मैदान मात्र रहेको छ । धेरै गा.बि.स हरुमा खेलमैदान नै नभएको जानकारहरु बताउछन । जिल्लमा ११ जना खेल्न मिल्ने मैदान कुनै गा.बि.समा नरहेको बताइन्छ । नबमिडाँडा, रानिटार, याङनाम मा ११ जना खेल्ने मैदान बनाउने तयारी गरीएको जानकारहरु बताउछन ।
उपयुक्त खेलमैदानको अभावको कारण फाल्गुनन्द गोल्ड कपमा ए डिभिजनका टिमहरु र राम्रा टिम ल्याउन नसकिएको फिदिम स्पोटिङ क्लबका महासचिब पासाङ तामाङले बताउनु भयो । जिल्ला सदमुककाममा रङशाला निर्माणको लागी पहल सुरु गरीए पनि उपयुक्त जग्गाको अभावले सो योजना पुर्णता नपाएको तामाङले बताउनु भयो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]