default_image

2 years ago

March 30, 2022

कोलम्विया विश्वकप छनोटबाट बाहिरियो

160 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको आफ्नो अन्तिम खेलमा जित निकालेपनि कोलम्विया विश्वकप छनोटबाटै बाहिरिएको छ । छनोटको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराएपनि कोलम्विया विश्वकपमा छनोट हुन नसकेको हो ।

कोलम्वियालाई विश्वकपमा छनोट हुनको लागि आफुले सफलता हात पार्ने र पेरुले हार भोग्नुपर्ने समिकरण थियो । तर, आफुले सफलता हात पारेपनि पेरुले पनि जित निकालेपछि कोलम्विया बाहिरिन पुगेको हो । कोलम्वियाले यसअघिको दुई संस्करणको विश्वकप खेल्दा त्यसअघिको तीन संस्करणमा पनि छनोट हुन सकेको थिएन ।

बुधबार बिहान भएको खेलमा कोलम्वियाको जितमा हामेस रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सफल भएको थियो ।

जितपछि कोलम्विया छनोटमा १८ खेलबाट २३ अंक जोडेर छैटौं स्थानमा रह्यो । कोलम्वियार्ला पछि पारेको पेरुले २४ अंक बटुल्यो । पराजित भेनेजुएला १० अंक जोडेर पुछारमा रह्यो ।

दक्षिण अमेरिकी छनोटकै अर्काे खेलमा पेरुले पाराग्वेमाथि २–० को जित निकाल्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । पेरुको जितमा जियानलुका लापाडुला र योसिमार योटनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । पेरुले अब विश्वकपमा स्थान बनाउन प्ले अफमा एसियाली अष्ट्रेलियासँग खेल्नुपर्नेछ ।

छनोटमा पेरुले १८ खेलबाट २४ अंक बटुल्यो । पराजित पाराग्वेले १६ अंक जोड्यो । यस्तै यसपटकको विश्वकपमा चिली पनि देखिने छैन । दक्षिण अमेरिकी छनोटमा चिली सातौं स्थानमा रह्यो ।

दक्षिण अमेरिकाबाट छनोटमा शीर्ष चारमा रहने टोलीले विश्वकपमा सिधै छनोट हुने प्रावधान छ । पाँचौ हुने टोलीले प्ले अफ खेल्नुपर्नेछ । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना उरुग्वे र इक्वेडरले सिधै विश्वकपमा स्थान बनाउँदा पेरुले प्ले अफ खेल्नुपर्नेछ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.