3 years ago
March 31, 2022
चितवन (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिकसहित चार गोल मद्दतमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले महिला राष्ट्रिय लिगमा सानदार जित हात पारेको छ ।
एपिएफले वालिङ नगरपालिका स्याङ्जामाथि ७–० को फराकिलो जित निकालेको हो । चितवनको भरतपुरमा बिहीबार भएको खेलमा सावित्राले चार गोल गर्दा अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले समान एक गोल गरिन् । पहिलो हाफमा दुई गोल गरेको एपिएफले दोस्रो हाफमा सावित्रा मैदान प्रवेश गरेसँगै पाँच गोल थपेको थियो ।
खेलको २४औं मिनेटमा अनिता केसीको गोलबाट एपिएफले सुरुवाती अग्रता बनायो । ४०औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । त्यसपछिको पाँचमध्ये चार गोल सावित्राको नाममा रह्यो । सावित्राले ५२औं मिनेटमा पहिलो गोल गर्दा एपिएफ खेलमा ३–० ले अघि बढ्यो ।
६६औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गाल गरिन् । ७५औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपिएफलाई फराकिलो जिततर्फ अग्रसर गराइन् । त्यसपछि सावित्राले ८०औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । त्यसको एक मिनेटपछि नै सावित्राले व्यत्तिगत चौथौ तथा टोलीका लागि सातौ गोल गर्दै एपिएफलाई फराकिलो जित दिलाइन् ।
गत वर्ष फागुनमा चोटका कारण मैदान बाहिर रहेका सावित्राले खेलमा फर्किएको तेस्रो खेलमा ह्याट्रिक पुरा गरेकी हुन् । उनले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको पहिलो खेलमा चोटबाट पूनरागमन गर्दै एक गोल गर्न सफल भएकी थिइन् ।
यो जितसँगै अपराजित रहेको एपिएफको तीन खेलबाट ९ अंक पुगेको छ । समान ९ अंक नै रहेको धनगढी गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । पराजित वालिङले अंकको खाता खोल्न सकेको छैन ।
यस्तै लिगकै अर्काे खेलमा धनगढी उपमहानगरपालिकाले ललितपुर महानगरपालिकामाथि ६–० को सानदार जित निकाल्दै आफ्नो शीर्षता कायमै राखेको छ । धनगढीको फराकिलो जितमा चन्द्रा भण्डारीले दुई तथा अन्जना थुलुङ राई, ममता पुन, वृष्णा चौधरी र अनिता लम्जेलले समान एक गोल गरिन् ।
खेलको नवौं मिनेटमा अन्जना राईको गोलबाट धनगढीले सुरुवाती अग्रता लिएको थियो । लगत्तै १०औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारिन् । ३९औं मिनेटमा ममता पुनले गोल थपिन् ।
५५औं मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै धनगढीलाई ४–० ले अघि बढाइन् । ६४औं मिनेटमा वृष्णा चौधरीले गोल गर्दै धनगढीलाई फराकिलो जिततर्फ अग्रसर गराइन् । ७०औं मिनेटमा अनिता लम्जेलले गोल गर्दै धनगढीको फराकिलो जित सुनिश्चित गरिन् ।
यो जितसँगै अपराजित रहेको धनगढी तीन खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान ९ अंक नै रहेपनि एपिएफ गोलअन्तरमा पछि छ । पराजित ललितपुरको ३ खेलबाट ३ अंक जोडेर छैटौ स्थानमा यथावत छ ।
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]