default_image

2 years ago

April 1, 2022

फिफा विश्वकपको ‘ड्र’ आज

एजेन्सी – यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ । कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन् । छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, […]

134 views

0 Bookmark

एजेन्सी – यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ ।

कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन् । छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेविया, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यानड, ट्युनिसिया, मोरोक्को, क्यामरुन, अमेरिका र मेक्सिको रहेका छन् ।

अब (वेल्सविरुद्ध स्कटल्यान्ड युक्रेन) (जुनमा प्ले अफ), अष्ट्रेलिया र युएई विरुद्ध पेरु (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) र कोस्टा रिकाविरुद्ध न्युजिल्यान्ड (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) बाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछ । विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ ।

कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ । आठौं देखि १५औं वरीयतासम्मका टोलीहरु पट २ मा हुनेछ । १६औं देखि २३औं वरीयतासम्म टोली पट ३ मा तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ । यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोलीहरु रहनेछन् ।

पट १ मा आयोजक कतारसहित बेल्जियम, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र पोर्चुगल रहेका छन् । पट २ मा डेनमार्क, नेदरल्यान्ड्स, जर्मनी, मेक्सिको, अमेरिका, स्वीट्जरल्यान्ड, क्रोएसिया र उरुग्वे रहेका छन् ।

पट ३ मा सेनेगल, इरान, जापान, मोरोक्को, सर्विया, पोल्यान्ड, दक्षिण कोरिया र ट्युनिसिया रहेका छन् । पट ४ मा साउदी अरेबिया, इक्वेडर, घाना, क्यामरुन र क्यानडा रहेका छन् । पट ४ मा (वेल्सविरुद्ध स्कटल्यान्ड युक्रेन) (जुनमा प्ले अफ), अष्ट्रेलिया र युएई विरुद्ध पेरु (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) र कोस्टा रिकाविरुद्ध न्युजिल्यान्ड (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) बाट विजेता रहनेछ ।

अन्तर महादेशीय छनोटका खेलहरु जुन १३ र १४ मा कतारमा हुनेछ । जसमा अफ्रिका र कन्मेवल, ओएफसी र कोन्काफसँग प्रतिस्पर्धा गर्नेछ । एकै कन्फेडेरेसनका टोलीलाई विभिन्न समूहमा विभाजन गरिनेछ । युइएफएका अपवादबाहेक त्यहाँ १३ टोली हुनेछन् । नतिजाको रुपमा आठ समूहमध्ये पाँचमा दुई युरोपेली टोली हुनेछन् । फिफाले प्लेअफबाट छनोट हुने टोलीलाई उनीहरुको एकै कन्फेडेरेसनका टोलीबाट अलग रहने स्पष्ट पारेको छ ।

विश्वकपमा अफ्रिकाबाट ५, एसियाबाट ४ र (प्लेअफबाट १ प्लस), युरोपटबा १३, कोन्काफबाट ३ (प्लेअफबाट १ प्लस), ओसियानाबाट (प्लेअफबाट १ प्लस ) र कन्मेवलबाट ४ (प्लेअफबाट १ प्लस) छनोट हुने प्रावधान रहेको छ ।

यसपटकको विशवकप २१ नोभेम्वर २०२२ बाट शुरु भएर १८ डिसेम्वर २०२२ सम्म चल्नेछ । विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु समरमा नभई विन्टरमा हुन लागेको हो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.