default_image

2 years ago

April 3, 2022

राष्ट्रिय महिला लिग – विराटनगर र पुलिसको सहज जित

104 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – विराटनगर उपमहानगरपालिका मोरङ र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा सहज जित निकालेको छ ।

चितवनको भरतपुरमा आइतबार भएको खेलमा विराटनगरले ललितपुर महानगरपालिकामाथि ५–१ को फराकिलो जित निकालेको हो । विराटनगरको जितमा इमा राई, मनिषा थापामगर, सदिपा भोलान, अस्मिता चौधरी र मिना खातुनले गोल गरिन् । ललितपुरकी सिर्जना सिंहले एक गोल फर्काइन् ।

खेलको आठौं मिनेटमा इमा राईको गोलबाट विराटनगरले सुरुवाती अग्रता लिएको थियो । ३५औं मिनेटमा मनिषा थापामगरले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारिन् । ४७औं मिनेटमा ललितपुरकी कप्तान सिर्जना सिंहले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि ललितपुरले लय गुमाउन पुग्यो ।

५६औं मिनेटमा सदिपा भोलानले गोल गर्दै विराटनगरलाई ३–१ ले अघि बढाइन् । ७९औं मिनेटमा अस्मिता चौधरीले तथा ८७औं मिनेटमा मिना खातुनले गोल गर्दै विराटनरगलाई फराकिलो जित दिलाइन् ।

यो जितसँगै विराटनगर चार खेलबाट ७ अंक जोडेर चौथो स्थानमा रहेको छ । ललितपुर ४ खेलबाट ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

लिगकै अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङ्जालाई ३–१ ले पराजित गरेको छ । पुलिसको जितमा निर्मला विकेले दुई तथा अमृता जैशीले एक गोल गरिन् । वालिङकी सुष्मा जिटीले एक गोल फर्काइन् ।

खेलको दोस्रो मिनेटमा निर्मलाको गा्लबाट पुलिसले सुरुवाती अग्रता बनायो । ३३औं मिनेटमा निर्मलाकै गोलमा पुलिसले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ६७औं मिनेटमा सुष्मा जिटीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि ८३औं मिनेटमा अमृता जैशीले गोल गर्दै पुलिसको जित पक्का गरिन् ।

यो जितसँगै पुलिस ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान ९ अंक नै रहेपनि धनगढी गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एपिएफको १२ अंक छ । पराजित वालिङ अंकविहीन हुँदै पुछारमा छ ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.