default_image

3 years ago

April 4, 2022

वीरगन्जसँग झम्सिखेलको हार

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबलाई पराजित गरेको छ । वीरगन्जले झम्सिखेललाई २–१ ले परासजत गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा वीरगन्जको जितमा विवेक चौधरी र कृपाकान्त महतो थारुले गोल गरे । झम्सिखेलका सन्जय रम्तेलले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ४३औं मिनेटमा विवेक चौधरीले गोल गर्दै वीरगन्जलाई १–० को अग्रता दिलाए । ७६औं मिनेटमा सन्जय रम्तेलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा कृपाकान्त महतो थारुले गोल गर्दै वीरगन्जको जित पक्का गरे ।

यो जितसँगै वीरगन्जको १२ खेलबाट १५ अंक पुगेको छ । वीरगन्जसँगको हारसँगै झम्सिखेललाई रेलिगेसन दवाव बढेको छ । अब झम्सिखेललाई रेलिगेसन बच्न आफ्नो अन्तिम खेलमा जितले मात्रै पुग्दैन । सामाजिक र ब्वाइज युनियनले अंक गुमाउनुपर्नेछ ।

नयाँवस्ती युथ क्लब र टुसाल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टुसालका सुनिल तामाङले गोल गर्दा नयाँवस्तीका विवेक गुरुङले बराबरी गोल फर्र्काए । ८८औं मिनेटमा सुनिल तामाङको गोलबाट टुसालले अग्रता बनाएको थियो । तर,इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा विवेक गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै नयाँवस्तीको ११ खेलबाट १५ अंक पुगेको छ । टुसालको ११ खेलबाट १४ अंक छ ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.