9 years ago
December 5, 2016
हाम्रो खेलकुद (एजेन्सी) – कोलम्बियामा भएको हवाईजहाज दुर्घटनामा परेको ब्राजिलियन क्लब चापेकोएन्सीलाइ दक्षिण अमेरिकी फुटबल कन्फडरेशन (कनेम्बल)ले कोपा सुदनामेरिकाको विजेता घोषणा गरेको छ।

कनेम्बलले जारि गरेको विज्ञप्ति अनुसार चापेकोएन्सिले च्याम्पियनको सबै सम्मान र कोपा सुदनामेरिकाको उपाधि जितेको छ भने एत्लेतिको नेसिओनल, मेदेलिनले उपविजेताको पुरस्कार जितेको छ।
कनेम्बलले ‘शतककै फेयर प्ले’ उपाधि भने एत्लेतिको नेसिओनललाइ प्रदान गरेको छ। यस उपधिसंगै कनेम्बलले नासिओनललाइ एक मिलियन डलरपनि प्रदान गर्यो। कनेम्बलले एत्लेतिकोको यो कदमलाई कदर गर्दै ‘शान्ति, सद्भाव र फेअर प्ले’को नमुनाको रुपमा प्रस्तुत गरेकोमा आभार व्यक्त गर्यो।
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]