3 years ago
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीले एएफसी कप छनोटको प्रारम्भिक चरणको खेलको पहिलो हाफमा घरेलु टोली नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबविरुद्ध अग्रता लिएको छ ।
ब्लु स्टारले पहिलो हाफमा २–० को अग्रता लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरे ।
नवौं मिनेटमा ओमोलाजा नुरेन करिमबाट आएको हेडर बललाई विमल घर्तीमगरले मैदानको मध्यभागबाट एक डिफेन्डरलाई बिट गर्दै दिएको पासमा नुर्लान नोभ्रुजोभको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा मछिन्द्र अग्रता लिन चुक्यो ।
१५औं मिनेटमा ब्लु स्टार एससीले पेनाल्टीको अवसर पाएपनि गोलरक्षक विशाल श्रेष्ठले बचाउँदै मछिन्द्रको संकट टारे । देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि रेफ्री युसुफ साइद हसनले श्रीलंकालाई पेनाल्टी प्रदान गरेको थियो । तर, एरेपाडे ओमबेबेको पेनाल्टी प्रहारलाई विशालले बचाए । रिवाउन्डमा सन्देशको प्रहारले पोस्टको दिशा लिन सकेन ।
२४औं मिनेटमा फजलको चलाखीपुर्ण फ्रिकिकमा मोहमेद इसानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाए । विशाल राईले मोहम्मद असदलाई लडाएपछि प्राप्त फ्रिकिकलाई फजले चलाखी गर्दा इसानले गोलरक्षक विशाललाई बिट गर्दै गोल गर्न सफल भए । २८औं मिनेटमा सन्देशले गोल गर्दै ब्लु स्टारको अग्रता दोब्बर पारे । रन्जित धिमालले क्लियर गर्न नसेकेको बललाई सन्देशले नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए ।
३५औं मिनेटमा रेजिन धिमालको फ्रिकिकमा नुर्लान नोभ्रुजोभले प्रयास गरेपनि उनी अफसाइड ठहरिए । लगत्तै विमल घर्तीमगरको पासलाई नुर्लानले भेट्टाउन सकेन । ३८औं मिनेटमा रेजिनको कर्नरमा विमलको हेडर प्रयासलाई देवेन्द्र तामाङले दोस्रो प्रयासमा गरेको प्रहारलाई ब्लु स्टारका गोलरक्षक लाकप्रिय फर्नान्डोले बचाए ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]