default_image

2 years ago

April 8, 2022

रोमाको हार, लेस्टर रोकियो

105 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा हार बेहोर्दा इंग्लिस क्लब लेस्टर सिटी बराबरीमा रोकिएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा रोमा नर्वेजियन क्लब बोडो/ग्लिम्टसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा बोडो/ग्लिम्टको जितमा अलरिक साल्टनेस र ह्युगो भेटलेसेनले गोल गरे । रोमाका लोरेन्जो पेलेग्रेनीको गोल सान्त्वना बन्यो ।

नर्वेमा बिहीबार राति भएको खेलको ४३औं मिनेटमा लोरेन्जो पेलेग्रेनीको गोलबाट रोमाले सुरुवाती अग्रता लिएको थियो । उनले हेनरिक मिखटरयानको पासमा गोल गर्न सफल भएका थिए । तर रोमाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

५६औं मिनेटमा अलरिक साल्टनेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा ह्युगो भेटलेसेनले गोल गर्दै बोडो/ग्लिम्टलाई २–१ को पूनरागमन जित दिलाए ।

यो जितसँगै बोडो/ग्लिम्टको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बोडो/ग्लिम्ट सेमिफाइनलमा प्रवेश गर्नेछ । रोमालाई कम्तीमा पनि २–० को जितको खाँचो छ । १–० को जितले पनि रोमाको अवे गोलको आधारमा अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । दोस्रो लेग रोमाको मैदानमा १४ अप्रिलमा हुनेछ ।

यस्तै कन्फ्रेन्स लिगकै अर्काे खेलमा इंग्लिस क्लब लेस्टर सिटी घरेलु मैदानमा डच क्लब पिएसभी इन्डोभेनसँग गोलरहित बराबरीमा रोकिएको छ । दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपायेग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यो बराबरीे दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । अब १४ अप्रिलमा हुने दोस्रो लेगमा जित हात पार्ने टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

अन्य नतिजा
फियोनुर्डविरुद्ध स्लाभिया प्राहा (३–३) र मार्सेविरुद्ध पाओक (–१)

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

Success

Thank you for your time.