9 years ago
December 6, 2016
झापा (हाम्रो खेलकुद) – झापा ११ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । झापाको शरणमती जारी प्रतियोगितामा मंगलबार मोरङ फुटबल क्लबलाई २–१ ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको थियो । झापाका लागि योगेश गुरुङ र खमिर गिल्सा कन्दङ्वाले गोल गरे । मोरङका लागि रजिन धिमालले गोल फर्काए ।

स्थानिय जनता माविको मैदानमा भएको खेलमा २२ औं मिनेटमा योगेशको गोलबाट झापाले अग्रता लिएको थियो । उनले झन्डै २० यार्डबाट गरेको प्रहारलाई रोक्न गोलकिपर पुरन चेम्जोङ असफल भए । खमिरले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । उनले फ्रिकिकमा गोल गरेका थिए । मोरङका विक्रम लिम्बुले विशाल राईलाई फाउल हानेपछि झापाले फ्रिकिक पाएको थियो । मोरङका रजिनले इन्जुरी समयमा गोल गरेपनि नतिजामा फरक परेन । झापाका योगेश खेलको म्यान अफ दी म्याच घोषित भए । उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

शरणामती गोल्ड कपमा बुधबारको खेल
– कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) र कञ्चनजङ्घा फुटबल क्लब
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]