9 years ago
December 7, 2016
एजेन्सी- च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलहरुमा बार्सिलोना, आर्सनल र बायर्न म्युनिखले जित हात परेका छन भने पिएसजी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन ।

गए राती भएको समुह ‘ए’को खेलमा आर्सनलले बसेलको मैदानमै बासेल बिरुद्ध ४-१को नजिता निकाल्यो । यस नतिजाले आर्सनलले हिजै लुडोगोरेट्ससँग २-२ले रोकिएको पिएसजिलाई पछी पर्दै समुहमा पहिलो हुँदै अर्को चरणमा प्रवेश गर्यो । आर्सनलका लागि लुकास पेरेजले ह्याट्रीक र इवोबिले एक गोल गरेका थिए । यसै समुहको अर्को खेलमा बराबरीमा रोकिएको पिएसजिको लागि काभानी र डि मारियाले एक एक गोल गरेका थिए । पिएसजिपनी समुहको उपबिजेता बन्दै अर्को चरणमा प्रवेश गर्यो ।
हिजोको समुह ‘बि’को खेलहरुमा नेपोलीले घरेलु टोली बेन्फिकालाई २-१ले पराजित गर्यो । बिजेता टोलिका लागि मर्टिन्स र कोलेहानले गोल गरे भने घरेलु टोलिका लागि जेमिनेजले गोल गरेका थिए । त्यस्तै यसै समुहको अर्को खेलमा डाईनामो किभले टर्किस टोली बेसिक्टासबिरुद्ध ६-०को फराकिलो जित निकाल्यो । यस समुहबाट नेपोली बिजेता र बेन्फिका उपबिजेता हुँदै अर्को चरणमा प्रवेश गरे ।
समुह ‘सि’को खेलमा बार्सिलोनाले ग्लाड्ब्याचबिरुद्ध ४-०को जित हात पार्यो । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने । ५०, ५३ र ६७ मिनेटमा गोल गर्दै टर्किका मिड्फिल्डरले आफ्नो ह्याट्रीक पुरा गरेका हुन । मेस्सिको पहिलो गोलमा पनि टुरानकै असिस्ट रहेको थियो । यसै समुहको अर्को खेलमा भने म्यान्चेस्टर सिटी र सेल्टिकले १-१ को बराबरी खेले, सिटीका लागि ईहेनाचोले र सेल्टिककलागि रोबेर्ट्सले गोल गरेका थिए । यस समुहबाट बार्सिलोना बिजेता र सिटी उपबिजेता भयो।
हिजो भएको समुह ‘डि’को खेलहरुमा बायर्न म्युनिखले एट्लेटिको म्याड्रीड्लाई १-०ले पराजित गर्यो भने पिएसभी ईन्डहेभोनले रोस्टोभसँग ०-०को बराबरी खेल्यो । म्युनिखका लागि एक मात्र गोल रोबर्ट लेवानड्वोस्किले गरेका थिए । यस समुहबाट एट्लेटिको बिजेता र म्युनिख उपबिजेता भयो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]