9 years ago
December 7, 2016
क्वालालम्पुर (एएफसी) – एसियन फुटबल महासंघ (एएफसी)ले एएफसी कप २०१७को प्लेअफ र समूह चरणमा पुग्ने टोलीको नाम सार्वजनिक गरेको छ।

आज जारी गरेको एएफसी कपको टाइसिट ड्रमा प्लेअफ क्वालिफाएर्स जित्दै अर्को चरण पुगेको नेपालको थ्री स्टार क्लबको नाम भने छैन। दक्षिण एसियाबाट भारत, माल्दिभ्स र बंगलादेशले एक समूह चरण र एक प्लेअफको स्थान पाएका छन् भने श्रीलंका र भुटानले एक-एक प्लेअफ स्थान पाएका छन्।
एक चरणमा जित हात परिसके पनि दोश्रो चरणमा थ्री स्टारको नाम नहुनुको कारण भने एएफसीले खुलाएको छैन। नेपालमा घरेलु फुटबल नहुनु पनि एक सम्भावना हुन सक्छ तर पहिलो चरण खेलेर छनोट भएको टोलि दोश्रो चरणमा खेल्न नपाउनु आश्चर्यको विषय हो।
एएफसी कपको ड्र डिसेम्बर १३ तारिखमा हुने पक्का भइसकेको छ। यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको छ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]