default_image

2 years ago

April 18, 2022

रियल म्याड्रिडको सानदार पूनरागमन जित

95 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा कप्तान करिम बेन्जेमाले गोल गरेपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार पूनरागमन जित निकालेको छ ।

रियलले दुई गोलले पछि परेको अवस्थामा घरेलु टोली सेभियामाथि ३–२ को पूनरागमन जित निकालेको हो । रोमन सान्चेज पिजुआन सेभियामा आइतबार राति भएको खेलमा रियलको पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल गरे । घरेलु टोली सेभियाका इभान राकिटिच र एरिक लमेलाले गोल गरे ।

२१औं मिनेटमा इभान राकिटिचले सिधै फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाए । २५औं मिनेटमा एरिक लमेलाले जेसस कोरोनाको पासमा गोल गरेपछि रियल पहिलो हाफमा २–० ले पछि परेको थियो ।

पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफमा सानदार पूनरागमन गर्दै जित निकाल्न सफल भयो । ५०औं मिनेटमा रोड्रिगोले ड्यानी कार्भाजलको पासमा गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । ८२औं मिनेटमा नाचो फर्नान्डेसले कार्भाजलकै पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई पूनरागमन जित दिलाए । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए । जारी सिजनको ला लिगामा बेन्जेमाको यो २५औं गोल हो । २८ खेल खेलेका उनले ११ असिस्ट समेत दिएका छन् ।

यो जितसँगै रियलले यो सिजनको ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ । रियलले दोस्रो स्थानको टोलीलाई १५ अंकले पछि पारेको छ । रियलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ । रियलसँग पराजित भएको सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.